ताजा अपडेट

समचार

बडिगाड गाउँपालिकाको स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न

गाउँपालिकाले आम सर्वसाधारणको स्वास्थ्य सुरक्षाको लागि हरेक क्षेत्रबाट सहयोग गर्ने

Radio Sarathi 107.4 Mhz

नारायण रिजाल
जिल्लाको बडिगाड गाउँपालिका अन्तरगतका सवै स्वास्थ्य संस्थाले आर्थिक वर्ष ०७४।०५७ मा भएका उपलब्धीको बारेमा समिक्षा गरिएको छ । 
बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिन सम्म गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाको हरेक कार्यक्रमको समिक्षा गरिएको थियो । 
समिक्षा कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले गाउँपालिकाले आम सर्वसाधारणको स्वास्थ्य सुरक्षाको लागि हरेक क्षेत्रबाट सहयोग गर्ने बताउनु भएकाे छ । उनले समाज र समुदाय स्वास्थ्य राख्नका लागि स्वास्थ्यकर्मिहरुको महत्वपुर्ण भुमिका हुने हुँदा आफ्नो जिम्मेवारी गहन रुपमा पुरा गर्न स्वास्थ्यकर्मिलाई आग्रह गर्नुभयाे । 
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले बडिगाड गाउँपालिकामा पछिल्लो समयमा क्षयरोगका विरामीको संख्या बढदै गएको हुनाले गाउँपालिकाले क्षयरोगको अन्त्यका लागि थप कार्यक्रम अगाडि बढाएको बतउनुभएकाे थियाे । 
समग्र जिल्लाको तथ्याङ्क हेर्दा बडिगाड गाउँपालिका अन्र्तगत २ सय ११ जना क्षयरोगका विरामी रहेका छ । विरामीहरुले नियमित औषधि सेवनका लागि चासो नदिने समस्या रहेका कारण यसको प्रकोप झनै बढन सक्ने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक निरञ्जन यादवले बताउनुभएकाे छ । समिक्षा कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क शाखा प्रमुख घनश्याम सापकोटा मेडिक मोबाईलका परियोजना अधिकृत नारायण रिजाल लगायतले बाेल्नुभएकाे थियाे । 
सोही अवसरमा भिमगिठे स्वास्थ्य चौकीका प्रमुख विपेन्द्र केसीले चालु वर्षका प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका गर्नुभएकाे थियाे । समिक्षामा सिसाखानी रणसिंहकिटेनीका दगातुन्डाँडा, भिमगिठे, दर्लिङ, ग्वालीचौर र जलजला स्वास्थ्यचौकीको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम स्वास्थ्य शाखा संयोजक निरञ्जन यादवको अध्यक्षता दगातुन्डाँडा स्वास्थ्य चौकी प्रमुख यानबहादुर श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 
 
Top