• ८ बैशाख २०८१, शनिबार
  • ००:४१:१६

Now:

Next: शुभारम्भ धुन

जनप्रतिनिधी र कर्मचारीकालागि संचालित क्षमता विकास सम्वन्धी तालिम मुसिकोटमा सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिकाका जनप्रतिनिधी र कार्यरत कर्मचारीहरूका लागि तिन दिने क्षमता विकास सम्वन्धी तालिम शनिबार सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नं. ५ स्थित प्राविधिक शिक्षालयको सभाहलमा चैत्र १९ गते सुरू भएको तालिमको शनिबार रूद्रावती वहुमुखी क्याम्पस स्थित नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो ।

मुसिकोट नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भर्टाइजिङ्ग प्रालि काठमाण्डौको सहजिकरणमा भएको तालिममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले सहभागी कर्मचारी तथा जनप्रतिनिधीहरूलाइ तालिममा सिकेका कुरा दैनिक सेवा प्रवाहका क्रममा लागु गर्न निर्देशन दिनुका साथै जीवन सिकाइ भएकोले काम गर्दै सिक्दै अगाडी वढ्ने तथा यस्ता तालिमहरू आगामी दिन हरूमा समेत सञ्चालन गर्ने वताउनु भयो । 

तालिमको मुख्य प्रशिक्षकका रूपमा नेपाल सरकारका पूर्व सहसचिव, प्रशासन विज्ञ एवं अधिवक्ता विष्णु वहादुर थापा एवं प्रशिक्षकहरू, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख विस्नु प्रसाद ज्ञवाली  र विज्ञ प्रशिक्षक ज्ञानु अधिकारी रहनु भएको थियो । 

तालिममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू , कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमको समापन समारोह मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता र  प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै