• १६ चैत २०८०, शुक्रबार
  • १३:३३:२१

Now: Music Express

Next: थाहा अपडेट

खत्रीको संझनामा शोक सभा सम्पन्न 

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका ८ मा रहेको  शारदा बिधा मन्दिर माबीले शोक सभा सम्पन्न गरेको छ। बिधालयका शिक्षक सागर केसीका हजुरबुवा तथा बिधालयका सहयोग दाता स्व.दानबहादुर खत्रीको ११ औं पुन्य तिथिको अवसरमा उहॉकै निवास वामीमैदानमा कार्यक्रम आयोजना गरिएको हो ।

शोक सभामा बोल्ने बक्ताले सरल र सहयोगि स्वभाबका स्व. खत्रीको निधनले बिधालय लाई अपुरणिय क्षती भएको भन्दै उहॉको योगदानको संस्मरण गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक सापकोटाले शोकमन्तब्य समेत बाचन गर्नुभएको थियो ।

कार्यक्रममा बिधालयका शिक्षक, कर्मचारी र अन्य सहभागी हरूले स्वर्गीय आत्माको चिरशान्तीको कामना गर्दै १ मिनट मौनधारण गरेका थिए । कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष नारायण सापकोटा, नगर खेलकुद समितीका सदस्य सन्दिप खत्री लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सन्चालन शिक्षक भीमसेन के सी ले गर्नु भएको थियो । स्व.खत्रीको असोज १८ गते ८२ बर्षको उमेरमा निधन भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै