• ८ बैशाख २०८१, शनिबार
  • १८:१५:१५

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

नेकपा मुसिकोट नगर कमिटीकाे सचिबालय बैठक वामीटक्सारमा सम्पन्न

वामीटक्सार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटीको सचिबालय बैठक वामीटक्सारमा सम्पन्न भएको छ ।

बैठकले मुसिकोट नगरभित्र बिकास निर्माण, पार्टी संगठन बिस्तार लगायतका महत्वपुर्ण बिषयमा छलफल पश्चात विभिन्न निर्णय समेत गरिएको नगर कमिटी अध्यक्ष खुमबहादुर थापाले बताऊनुभयो। बैठकमा नगर भित्रका सबै वडाका वडा इन्चार्ज र वडा कमिटी अध्यक्ष हरूले वडाको सम्पुर्ण अबस्थाको बारेमा यथार्थ रिपोर्ट पेश गर्नु गरेका थिए ।

बैठकमा प्रमुख अतिथीको रूपमा लुम्बिनी प्रदेश कमिटी सदस्य बोमबहादुर खड्का, मुसिकोट नगरपालिकाका नगरप्रमुख शोमनाथ सापकोटा, नगर उपप्रमुख कमला शर्मा, जिल्ला कमिटी सदस्य हरू क्रमश सिता भुसाल, अर्जुन आचार्य, गोबिन्द बिक, सुरेन्द्र नेपाली, युबराज खरेल लगायतका नेता हरूको बिशेष उपस्थिती रहेको थियो ।

बैठकले पार्टी नेता कार्यकर्ता हरूले त्यागको बानी बिकास गर्दै ऐतिहॉसिक महत्व लाई बुझेर अगाडि बढ्ने निर्णय गरिएको बताईएको छ । मुसिकोट नगर कमिटी अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको बैठक सचिब अग्निधर लोहनीको सन्चालनमा बैठक सम्पन्न भएको थियो । सचिबालयमा पार्टीका वडा इन्चार्जहरू, वडा कमिटी अध्यक्ष हरू र निर्बाचित वडाध्यक्ष हरू रहेको २७ जना रहेका छन । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै