• १४ बैशाख २०८१, शुक्रबार
  • ०२:४२:३४

Now:

Next: शुभारम्भ धुन

बहुविद्य गायक थानेश्वर गौतमको “छुट्नलाई पो रैछ क्यारे” गित सार्वजनिक

फरक शैलिकाे भएकाेले चर्चाकाे शिखरमा पुग्दै

बागलुङ ।  बहुविद्य गायक भनेर चिनिने गायक एवं संगितकार थानेश्वर गौतम र कर्ण प्रिय स्वरकी धनि गायीका शान्तिश्री परियारको स्वरमा “छुट्नलाई पो रैछ क्यारे” वोलको गित सार्वजनिक भएको छ।

चोखो प्रेम विचमै चुँडिएको प्रसंग सहित वढि वियोगान्त पक्ष रहेको गितको अन्त्य, एक अर्कामा शुभकामना सहित भएको छ। “छुट्नलाई पो रैछ क्यारे हे सानु तिम्रो मेरो यति धेरै माया बसेको, सम्झि सम्झि रुनु रैछ र पो हजुर खुसिले कुनै पल आँसु खसेको” अन्तरा रहेको गितको संगित संयोजन थानेश्वर गौतमले नै गर्नुभएको हो।

प्रभा वर्तौलाको शब्द, पुस्प खड्का र जानु पोखरेलको अभिनय रहेको गितको म्युजिक भिडियोमा माओत्से गुरुङको निर्देशन र खिम बहादुर गुरुङको निर्देशन रहेको छ भने गितमा एरेन्जको भुमिका विनोद वाजुरालीले गर्नुभएको छ।

मुनाल फिल्म प्रालि पोखराले निर्माण गरेको गितको भिडियो जननी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको छ। यसै विच गायक एवं संगितकार थानेश्वर गौतमले यो अहिले सम्मकै फरक गित रहेको, क्लासिकल उठेर लोकगितमा पुगेको बताउँदै स्रोता, दर्शकले फरक स्वाद लिने बताउनु भएको छ। आशा गरेको गित भन्दै गायक गौतमले धेरैले गित हेर्ने र सुन्ने अपेक्षा समेत व्यक्त गर्नुभएको छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै