ताजा अपडेट

समचार

अष्ट्रेलियामा कसरी काम खोज्ने ?

६ फेब्रुअरी, मेलवर्न । नेपाली एसोसियसन अफ भिक्टोरिया (न्याभ) ले नयाँ आप्रवासी तथा विद्यार्थीहरुलाई उपयोगी हुने ‘रेज्युमी राइटिङ तथा इन्टरभ्यू स्किल ट्रेनिङ वर्कशप’ सञ्चालन गरेको छ ।

 

निःशुल्क कार्यशालामा सम्बन्धित बिषयका बिज्ञहरुले अस्ट्रेलियामा आइसकेपछि काम कसरी खोज्ने, बायोडाटा कसरी बनाउने, छनौट प्रकृया तथा अन्तरवार्तामा कसरी प्रस्तुत हुने भन्नेबारे सिकाउनेछन् ।

सो कार्यशाला यही फेब्रुअरी ५ तारिकबाट शुरु भएको हो । अर्को कार्यशाला आउदो मार्च ५ तारिक आइतबार बिहान साढे १० बजे कोबर्ग लाइब्रेरीमा हुनेछ । यस्तो कार्यक्रम मासिक रुपमा गर्ने लक्ष रहेको छ ।

 
Top