• ४ बैशाख २०८१, मंगलबार
  • १७:०६:३३

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

जातीय समता समाज तंग्रामको भेला प्रशिक्षण कार्यक्रम सम्पन्न

बागलुङ । जातीय समता समाज काठेखोला ४ तंग्रामको भेला प्रशिक्षण धारामा कोरोनाबाट सुरक्षित मापदण्ड पुरा गर्दै साेमबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले भेला उदघाटन गर्दै राज्यबाट सबै भन्दा उत्पीडित र उपेक्षित दलित समुदाय आफैमा सचेत नहुदाँ सम्म संबिधानमा उल्लेखित सिमित अधिकार पनि प्रयोग गर्न नसक्ने दलित समुदायको वास्तविक मुक्ति सहि राजनैतिक आन्दोलनले मात्र सम्भव रहेको बताउदै सबै उत्पिडित समुदाय सक्रिय पुर्वक लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय पुर्बअध्यक्ष तथा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव तथा काठेखोला गाउँकार्यपालिका सदस्य टीका संगम बि.क., जातीय समता समाज बागलुङका सदस्य भिम बहादुर बि.क. लगायतले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल, जातीय समता समाज तंग्रामका सदस्य शर बहादुर परियारले शुभकामना मन्तव्य राख्नुभएकाे थियो । कार्यक्रम वडा समिति तंग्रामका अध्यक्ष शस बहादुर बि.क. को अध्यक्षता, भीम बि.क. को सञ्चालन र सदस्य सीता किसानको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

साे अबसरमा भेलाले भीम बि.क.को अध्यक्षतामा ५ सल्लाहकार सहित १५ सदस्यीय जातीय समता समाज वडा समिति तंग्राम चयन गरेको छ । जसको उपाध्यक्ष लाल बहादुर किसान, सचिव शर बहादुर परियार, सहसचिव दिलमाया किसान, कोषाध्यक्ष सीता किसान सदस्यहरुमा लोकेन्द्र बि.क., मनु बि.क., श्यामलाल बि.क., तारा बि.क., झक्कले बि.क., मनिलाल बि.क., तिखाराम किसान, जरसिह बि.क., गंगाराज बि.क. र टिकामाया बि.क. रहनु भएको छ । त्यस्तै सल्लाहकारमा टिकासंगम बि.क., सस बहादुर बि.क., जित बहादुर सुनार र दुर्गा बि.क. रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै