• १६ चैत २०८०, शुक्रबार
  • १५:५८:३५

Now: लोकछहारी

Next: थाहा अपडेट

बडिगाड ७ ले चाडपर्व राहात वितरण गर्ने

खर्वाङ । बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेले ८ सय २२ घर धुरि घर परिवार र वडा भित्र रहेका विभिन्न संघसंस्थालाई कोरोना सम्बन्धि चेतनामूलक र विजया दशमि तथा शुभ दिपावलि २०७७ को शुभकामना सहितको कार्ड बितरण गरेको वडा अध्यक्ष कृष्ण गुरुङले बताए । 

त्यस्तै वडाभित्र स्थायि तथा अस्थायी रुपमा बसोवास गर्ने ५ हजार २ सय ४४ जनालाई माक्स समेत सोहि अबसरमा वितरण गरिएको वडा कार्यलयले जनाएको छ । त्यस्तै विद्यालय, विभिन्न संघ सस्थासंगै बजार क्षेत्रमा माक्स किन लगाउने, कसरी लगाउने संगै कोरोनाबाट बच्ने उपाएको बारेमा समेत सचेतना दिइएको वडा अध्यक्ष गुरुङ बताए ।

वडाले वितरण गरेको उक्त कार्डमा बन्दा बन्दीका कारण ज्यालादारी गर्ने परिवारमा प्रत्यक्ष असर गरेको भन्दै नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावली २०७७ को आगमन सँगै घरमा चाडपर्व खर्र्च नभए वडा कार्यालय मार्फत वितरण गरिने समेत बताइएको छ । 

वास्तविक पीडित पहिचान गरी विपन्न परिवारलाई चाडपर्व राहात स्वरुप प्रति परिवार ५ केजी चामल, १ केजी तेल, १ केजी नुन र १ केजी  ाल उपलब्ध गराइने समेत वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी गराए । साथै गुरुङले वास्तविक पीडितले यहि कार्तिक १ गते देखि ०५ गते भित्र वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरे । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै