• ४ बैशाख २०८१, मंगलबार
  • २३:०७:०२

Now:

Next:

मुसिकोट ७ ले काफलटोलामा २ लाख बढिको सामाजिक सुरक्षा भत्ता बाढ्यो

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सारको वडा कार्यलयले मंगलबार देखि टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

जस अन्र्तगत वडा भित्र रहेका जेष्ठ नगरिक, दलित जेष्ठ नागरिक, एकल विधुवा महिला, क/ख वर्गका अपाङ्गता भएका र ५ वर्षमुनिका दलित बालबालिकाको लागि भत्ता वितरण गरिएको वडा सचिव दिपक राकस्कोटीले जानकारी दिए । वडा कार्यलयले आज नेपाल बैंक वामि शाखाको सहयोगमा भगवती प्रावि काफलटोलाबाट भत्ता वितरण गरेको राकस्कोटीले बताए ।

वडा कार्यलयका कमप्युटर अपरेटर गोविन्द कंडेलले दिएको जानकारी अनुशार ६ जना एकल विधुवा महिलाको लागि ८ हजार, २ जना दलित जेष्ठ नागरीकका लागि ८ हजार र १७ जना जेष्ठ नागरीकलाई १२ हजारका दरले २ लाख ६८ हजार बराबरको रकम वितरण गरिएको हो । 

प्रमथ चौमासिकको रकमबाट भत्ता वितरण गरेको बताउदै कंडेलले भत्ता प्रप्त गर्न छुटेकाहरुकालागि दशैंपछि नेपाल बैकं वामी शाखाबाट भुक्तानी दिइने बताए । भोलि विहान १० बजेदेखी रुद्रावती बहुमुखी क्याम्पसमा र भोलि नै विहान १२ : ३० बजेदेखी वामीक्सार जिपपार्कबाट भत्ता वितरण गरिने पनि वडाका कमप्युटर अपरेटर गोविन्द कंडेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै