• १३ बैशाख २०८१, बिहीबार
  • ११:०८:३९

Now: सिने संसार

Next: नेपाल खवर

एक पुरुषमा कोरोना पुष्टि भए पछि सिसाखानी शिल, दशै पछि मात्र सम्पर्कमा आएकाहरुको स्वाब लिईने

कार्तिक २० गते सम्म साबिकको वडा नं. ३ किटेनीको सिरबारे शिल

Badigad Map

जिल्लाको बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीको साबिकको किटेनीमा एक जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी गाडी चालक समेत रहेकाले केही दिन अघि मात्र बुटवल गएर फर्किएका थिए । घरमा आए पछि एक्कासी बिरामी भए पछि केही दिन घरमै उपचार गरेको र निको नभएपछि गल्कोटको एक फार्मेसीमा उपचार गराउन पुगेका थिए । फार्मेसीले उनलाई पोखरास्थित गण्डकी असपतालमा रिफर गरेको थियो ।

किटेनीका मानिसहरु समुदाय स्तरमै फैलियोकी भनेर त्रसित भएपछि  अध्यक्ष मेहरसिंह पाइजा सहितको टोलिले निरिक्षण गरेको छ ।  संक्रमितको सम्पर्कमा आएकाहरुको स्वब लिन किटेनी पुगेको पालिका अध्यक्ष सहितको टोलिले क्षयरोग उपाचार केन्द्र पोखराका कर्मचारीमा नै संक्रमण देखिएकालले तत्काल रिपोर्ट निस्कन समय लाग्ने हुनाले स्बाब लिन नसकिएको पालिका अध्यक्ष पाइजाले जनानकार दिए ।

वडामा त्रास अबस्था रहेकाले सबैलाई सचेत भएर बस्न र अबस्था सामान्य भएपछि सबैको पिसिआर गरिने समेत उनले बताए । यसैविच थप जोखिम वडामा नफैलियोस भन्नको लागि बिहीबार देखी १५ दिन (कार्तिक २०) गते सम्म साबिकको वडा नं. ३ किटेनीको सिरबारे शिल गरिएको वडा अध्यक्ष खड्क पुनले जानकारी दिए । 

नेपालीहरुको महान चाड दशै तिहार नजिकै आएको हुदा सचेत र सजक भएर चाडपर्व मनाउन समेत एक सुचना जारी गर्दे वडा कार्यलयले आग्रह गरेको छ । लक्षण देखिएका उनि अहिले गण्डकी अस्पताल पोखरामा उपचारार्थ रहेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै