• १६ चैत २०८०, शुक्रबार
  • १५:१८:५०

Now: लोकछहारी

Next: थाहा अपडेट

बडिगाड २ का टोप बहादुरको खानेपानिको समस्या वडाद्धारा समाधान

खर्वाङ । विगत केहि समयदेखि खानेपानिको समस्या झेलिरहेका बडिगाड २ कोलका स्थानिय टोप बहादुर रानाको परिवारले खानेपानिको समस्याबाट मुक्ति पाएका छन । वडा नं. २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचनको पहलमा तत्कालको लागि सल्लेपोखराबाट पानि ल्याएर समास्या समाधान गरिएको हो । 

तत्कालको लागि पुरानो पाइप प्रयोग गरेर समस्या समाधान गरिएको साथै दशैंपछि नयाँ पाइप समेत वितरण गरिने शेरचनले बताए । यो संगै राना परिवारको विगत लामो समयदेखि सल्लेपोखराबाट खानेपानि बोकेर खानुप्रर्ने समस्या अनत्य भएको छ ।
 
साथै रानाको केहि समय पहिले बर्खाका कारण घर समेत भत्किएको थियो । अहिले रानाको परिवार पाल मुनि बसिरहेको साथै घर पुन निमार्णको लागि ढुङ्गा जम्मा गर्ने काम चलिरहेको बताउदै वडा अध्यक्ष शेरचनले माघमा घर छाउनको लागि छाना वडाले उपलब्ध गराउने समेत बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै