• १६ चैत २०८०, शुक्रबार
  • २१:२३:३९

Now: श्रुति संवेग

Next: खुलदुली डटकम

स्वर्गीय गणेश गिरीको संझनामा अरेवामा श्रध्दान्जली सभा सम्पन्न

वामीटक्सार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा० मुसिकोट नगरपालिका १,वडा कमिटिको आयोजनामा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । आफ्नो पार्टीका नेता गणेश गिरीको संझनामा उहॉको निधन भएको सातौ पुन्य तिथीको अवसर पारेर स्वर्गीय गिरीको निवास मुनपा १ स्थित अरेवामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद कमलराज श्रेस्ठ ,जिल्ला पार्टी सचिब बिरबहादुर कार्की,मुसिकोट नगरप्रमुख शोभनाथ सापकोटा, नगर कमिटी ईन्चार्ज जीवन खरेल, नगर कमिटी अध्यक्ष खुमबहादुर थापा, मुनपाका आर्थीक संयोजक प्रकाश काफ्ले, वडा नं. ८का वडाध्यक्ष नारायण सापकोटा,पार्टी वडाकमिटी ईन्चार्ज भूपेन्द्र रायमाझि,नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ज्ञानहरि सापकोटा लगायतको बि़ेशेष उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा पार्टीका जिल्ला, नगर तथा वडा स्तरिय नेता तथा कार्यकर्ता हरू, जनप्रतिनिधी लगायत स्थानिय हरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरूले स्वर्गीय गिरीको योगदानको संस्मरण गर्दै उहॉको सपनाहरू पुरागरेरै छोड्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

०२८सालमा नेकपाको पार्टी सदस्यता प्राप्तगरी निरन्तर संगठनको कुशल नेताको रूपमा यस क्षेत्रमा रहदै आऊनु भएका गिरीको निधनले नेपाल कम्युनिस्ट पार्टी तथा यस क्षेत्रलाई ठूलो धक्का पुगेको बताईएको छ।सरल र नम्र स्वभावका गिरीको निधनले यस क्षेत्रका मानिस हरू मर्माहत छन ।

लामो समय सम्म शिक्षण क्षेत्रमा आबद्ध गिरी गतसाल मात्रै नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय बाट अनिवार्य अवकाश  लिनुभएको थियो । कार्यक्रम वडाकमिटी अध्यक्ष दुर्गा बहादुर बिकको अध्यक्षता र वडा कमिटी सचिब नारायण बहादुर थापाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरणरहोस स्व.गिरीको घॉस काट्ने क्रममा घर नजिकै रहेको खन्नेऊको रूख बाट खसेर घटनास्थलमै निधन भएको थियो । स्व. गिरीका दुई छोरी ,एक छोरा र श्रीमती हुनुहुन्छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै