• १३ बैशाख २०८१, बिहीबार
  • १०:५५:१२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

किशोर खत्रीको अभिनयमा बरबर आशु बजारमा

बागलुङ । नेपाली सांगितिक क्षेत्रमा एउटा बेग्लै पहिचान बोकेको नाम हो विष्णु माझि । जसले गाएका गितले युटुबमा मात्र हैन दर्शक श्रोताका मन जित्न पनि सफल हुन्छन ।

उनै विष्णु माझि र विरेन्द्र बुढाले स्वर दिएको गित बरबर आशु ले यतिबेला दर्शक श्रोताको मन जितिरहेको छ । करिब १० वर्ष देखी सांगितिक क्षेत्रमा लागि रहेको गुल्मेली सर्जक किशेर खत्रीको अभिनयमा रजिना विष्ट र महिमा गिरीले पनि साथ दिएका छन ।

जनाता डिजिटलबाट यहि कार्तिक १६ गते डिजिटल बजारमा आएको बरबर आशुमा शक्तिराम डीसीको शब्द, केशव सापकोटाकोे संगीत र सिर्जन बरालकोे निर्देशन रहेको छ ।  म्युजिक भिडियोलाई राजेश घिमिरे र दिपक गिरीले खिचेका हुन भने भिडियोको सम्पादन अमृत चापागाईकोे रहेको छ । 

विभिन्न गित संगितमा आफ्नो सिर्जना प्रस्तुत गरेका खत्रीले आफ्नै आवाजमा भने २०७० सालमा सर्मिला गुरुङसंग कहिले पनि पुगेन रहर बोलको झयाउरे भाका बजारमा ल्याएका थिए । भने खत्रीले गायिका विष्णु माझि संग गाएको चोखो माया सागर सरी छ बोलको गितले २०७३ सालमा पिराविटिको करिब ३ वर्ष अगाडिको रेकड समेत तोडेको थियो । 

पछिल्लो समय मोडलिङको क्षेत्रमा काम गरिरहेका खत्रीले अभिनय गरेको लायक छैन धर्ति, अनुशन्धान, इज्जत लगाएतका कयौै गितहरुले विभिन्न अवार्ड समेत हात पारेका छन । साथै खत्रीले अब छिटै वारी बडिगाड पारी दरमखोला बोलको पञ्चेबाजा गित निमार्णको चरणमा रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै