• १५ चैत २०८०, बिहीबार
  • २०:०७:०९

Now: नेपाल दर्पण

Next: सन्देश/पिएसए

नेकपा भीमगिठे वडा कमिटीद्धारा अन्तरक्रिया एवम् शुभकामना आदानप्रदान 

बडिगाड । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका–७ भीमगिठे वडा कमिटीले अन्तरक्रिया एवम् शुभकामना आदानप्रदान गरेको छ । नेकपा वडा कमिटी अध्यक्ष खगेन्द्र बुढाको अध्यक्षतामा शनिबार बडिगाड गाउँपालिकाको डाडागाँउमा अन्तरक्रिया एवम् शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा टोल कमिटीका अध्यक्षहरुले संगठन विस्तार पार्टीले गरेका काम र प्रभावकारीताका विषयमा रिर्पोटिङ गरेका थिए । कार्यक्रममा अधिकांशले पार्टी संगठन मजवुद बनाउनका लागि स्थानीय योजनालाई प्राथमिकतामा राखेर विजेट बिनियोजन गर्नुपर्ने र त्यसलाई पार्टीकरण गरी संगठनलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य सुनील शेरचनले देश र जनताका लागि बलिदान दिएका सहिदको सपना पूरा गर्न गरिब, दुःखी जनताको सारथी बनेर कम्युनिष्ट पार्टीले काम गर्नुपर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टी दुःखले निर्माण गरेको भन्दै लोभी मान्छे सच्चा कम्युनिष्ट नहुने जिकिर गरे ।

यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भूसालले २००६ सालदेखि राजनीतिक परिवर्तनका लागि लड्पनि अब परिवर्तनपछि प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्नका लागि लड्नुपर्ने बताए । सरकारले शुरु गरेको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुने चरणमा रहेकाले त्यसलाई सफल बनाउन फेरि पनि नेकपाले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य राजन पाइजा, ढालेन्द्र शेरचन, नेकपा बडिगाड गाउँपालिकाका अध्यक्ष गुणानिधि घिमिरे, सचिव बसन्त बुढा, कार्यालय सदस्य दिनेश शर्मा, कमल घिमिरे, एकृकीत अखिल शिक्षक संगठनका अध्यक्ष जीतबहादुर थापालगायतले बोलेका थिए ।

कार्यक्रममा बडिगाड वडा नम्बर ७ को वडाकार्यालय सबैको सेन्टर ठाउँमा राख्नेगरी पहल गर्ने विषयमा पनि छलफल भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ को वडाकार्यालय अस्थायी रुपमा भीमगिठेमा रहेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै