• १३ बैशाख २०८१, बिहीबार
  • १३:१८:२३

Now: Music Expreeas

Next: थाहा अपडेट

आज काग तिहार मनाईदै

कात्तिक २८  । यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ ।  कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो बिहीबारबाट नै सुरु भएको हो । यस वर्ष यमदीपदान बिहबिारदेखि सुरु हुने भए पनि काग तिहार शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा  लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ ।

यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । भोलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ ।

अपराह्न १:४९ बजेपछि औंसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा आइतबार गर्नुपर्ने भनिएको छ । यस वर्ष भाइटीका भने मंसीर १ गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै