• १४ बैशाख २०८१, शुक्रबार
  • ०४:१५:३६

Now:

Next: शुभारम्भ धुन

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मुसिकोटका श्रेष्ठ घाईते

गुल्मी । गुल्मीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन । मुसिकोट नगरपालिको वडा नं ७ वामीबाट बुटवल तर्फ जादै गरेको लु १ क ३४८७ नं.को ट्रकले बिपरीत दिशाबाट आएको लु ५३ प ४६३० नम्बरको मोटरसाइकलाई चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक मुसिकोट नगरपालिका ७ वामी बस्ने बर्ष २७ को मिलन श्रेष्ठको घाईते भएका हुन् । घाइते श्रेष्ठको बाँया हात भाचिएको,मुख र खुट्टामा चोट लागेको गुल्मी प्रहरीले जनाएको छ ।

उनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ । ठक्कर दिने ट्रक र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै