• १३ बैशाख २०८१, बिहीबार
  • २२:३५:१५

Now: खुलदुली डटकम

Next:

बाग्लुङ ढोरपाटनका बाढी प्रभाबित लाई यन आर यन ए अस्ट्रेलियाको सहयोग

रामकृस्ण कंडेल,२९ कार्तिक। बाग्लुडको ढोरपाटन नगरपालिका स्थित बोबाङमा भदौ १७ गते राती आएको भिषण बाढीपहिरोले बिस्तापित बनेका स्थानीय हरूको लागि गैर आबसीय नेपाली संघ (यन आर यन ए) अस्ट्रेलियाले आर्थिक सहयोग उपलब्ध गराएको छ।आज ढोरपाटन नगरपालिकामा आयोजित एक बिशेष कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधीको रूपमा तोकिनु भएका युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल लगायतको टोलीले नगरप्रमुख देबकुमार नेपाली लाई उहा‘कै कार्यकक्षमा रू २ लाख पचास हजार नगद सहयोग रकम हस्तान्त्रण गर्नु भएको हो।

यन आर यन ए अस्ट्रेलियाले पठाएको सहयोग रकम बुझ्दै कार्यक्रमका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले संस्थाका अध्यक्ष केशब कंडेल, प्रबक्ता नन्द गुरूड, भिक्टोरिया शाखा उपाध्यक्ष  मणिरत्न सापकोटा सहित सम्पुर्ण पदाधिकारीहरू प्रती धन्यबाद तथा कृतज्ञता ब्यक्त गर्नु भएको छ। नगरप्रमुख नेपालीले दुखको बेला  यन आर यन ए अस्ट्रेलिया बाट प्राप्त सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।

यन आर यन ए अस्ट्रेलियाले मौसम परिवर्तन संगै जाडो बढेपछि त्यस क्षेत्रका बाढि पहिरो प्रभाबित हरू बिरामी पर्न थालेको खवर सुन्नासाथ केहि राहत पुगोस भन्ने मनशायका साथ सहयोग रकम पठाईएको यन आर यन अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले बताऊनु भयो। आफु हरू मातृभुमी भन्दा धेरै टाढा रहेता पनि आफ्नो मातृभुमीका दाजु भाई,दिदी बहिनीहरू दु ख कस्टमा परेको खवरले निकै मर्माहत हुनेगरेको भन्दै बाढि प्रभाबित हरूको घाऊमा थोरै भए पनि मलम लगाऊने कार्य स्वरूप संस्थाको तर्फ देखि सहयोग रकम पठाएको अध्यक्ष केशब कंडेलले अस्ट्रेलिया बाट बताऊनु भयो।

नेपाली हरूले दुख,पिर,मर्का भोगेको अवस्थामा आफु हरू सधैं सँगै रहने भन्दै ढोरपाटनका पहिरो प्रभाबितहरु लाई थोरै भए पनि राहत उपलब्ध गराउन पा‘ऊदा गौरबको महसुस भएको संस्थाका प्रबक्ता नन्द गुरूडले बताऊनु भयो। नेपाल र नेपाली हरू लाई दुस्ख पर्दा टुलुटुलु हेरी बस्ने हरू यथार्थमा नेपालका सन्ततीहरू हुन नसक्ने भन्दै एन आर यन ए भिक्टोरिया शाखा उपाध्यक्ष मणिरत्न सापकोटाले ढोरपाटनका बाढि पहिरो प्रभाबित हरू लाई यन आर यन अस्ट्रेलियाले थोरै भएपनि सहयोग पठाऊन पा‘ऊदा खुसी ब्यक्त गर्नु भयो। सापकोटाले बाढि पहिरो प्रभाबित लगायत दुख कस्टमा परेका हरू लाई यस प्रकारको सहयोग जारीराख्ने प्रतिबध्दता ब्यक्त गर्नु भएको छ।

असार देखि ढोरपाटन नगरपालिकामा २४ जनाको मृत्यु भएको थियो। नगरपालिकाको भुजि खोलामा गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आएको बाढीपहिरोले १ सय ४४ घर परिवार बिस्तापित भएका छन् भने सडक र विजुली बस्ती क्षतबिक्षेत भएको थियो । भदौ १७ गते बाढीले बगाएर वेपत्ता भएका ३७ जना मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै पेपत्ता छन् । आएको वाढीमा परेका १५ जना अझै बेपत्ता छन्। मौसम परिवर्तनसंगै जाडो बढेपछि त्यस क्षेत्रका जनता बिरामी पर्न थालेका छन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ का वडाध्यक्ष चित्रबहादुर भन्डारी,ढोरपाटन उद्धोग बाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्मा,युनिक बोर्डिड स्कुलका प्रिन्सिपल डि बि रायमाझि,चर्चित गायक तथा मोडल ओ बि रायमाझी,युवा समाजसेबि तथा जापानमा होटल ब्यबसाय गर्दै आऊनु भएका थम्मन रायमाझी, शारदा बिधा मन्दिर मा बि गुल्मीका शिक्षक सुमन रायमाझी,मुसिकोट नगर खेलकुद समितीका सदस्य सन्दिप य  खत्री,जनप्रतिनिधीहरू,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रामकृस्ण कंडेलले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै