ताजा अपडेट

समचार

तेन्दुलकर, लारा, डी भिलियर्सलाई पछि पार्दै कोहलीले बनाए कीर्तिमान

असार २ – भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् ।  

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय क्रिकेटमा बंगलादेशसँगको खेलमा विराटको एक सय ७५ औं इनिङ थियो । 

बंगलादेशसँगको खेलमा ७८ बलमा १३ चौकाको मद्दतमा ९६ रन बनाएका विराटले समग्रमा ८ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए ।  

विराटले बंगलादेशसँगको खेलमा ८८ रन बनाउँदा नै समग्रमा ८ हजार रनको आंकडा पूरा गरेका थिए । विराटले अहिलेसम्म एक दिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । यसक्रममा उनले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।

  • ON-AIR

    Time:: am

  • UP-NEXT

    नेपाल खबर

    Time:6:00 pm

Top