• १५ चैत २०८०, बिहीबार
  • २२:३४:१९

Now: खुलदुली डटकम

Next:

बागलुङमा आज १० जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ । बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ४८, ६४ वर्षीय पुरुष र ३१, ३१ वर्षीया महिला, वडा नम्बर २ का २३ र ५८ वर्षीय दुई जना पुरुष र २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर ३ का २८ वर्षीय पुरुष, वडा नम्बर ७ का ४५ वर्षीय पुरुष र वडा नम्बर १० का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको घिमिरेको भनाइ छ ।

यो सँगै बागलुङमा संक्रमितको संख्या ७ सय ८६ पुगेको छ भने हालसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै