• १३ बैशाख २०८१, बिहीबार
  • ११:०६:५२

Now: सिने संसार

Next: नेपाल खवर

वामीटक्सार स्वास्थ्य चौकी स्तरोन्नती हुने

गुल्मी । जिल्लाकाे मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा रहेको वामीटक्सार स्वास्थ्य चौकी स्तरोन्नती हुने भएको छ । स्वास्थ्य संस्था स्तरोन्नती गरी अस्पताल निर्माण गर्ने सरकारको निति अनुशार आगामि २ वर्षभित्र शुविधा सम्पन्न अत्याधुनिक अस्पताल निमार्ण हुने भएको हो । 

बिहीबार सम्पन्न स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले १८ करोड ६ लाख ८२ हजारको लागतमा निमार्ण हुन लागेको अस्पतालको २ वर्षभित्र निमार्ण सम्पन्न गर्न लक्ष्य रहेको छ । सरकारकोे यही मंसिर १५ गते ३ सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने कार्यक्रम रहेकोले आफुहरुले पनि सोहि समयमो शिलन्यास कार्यक्रमको आयोजना गरेको समितिका अध्यक्ष प्रकाश काफ्लेले बताए । 

अहिले स्वास्थ्य चौकी भएकै स्थानमा अस्पताल निर्माण हुने बताउदै काफ्लेले निमार्ण पश्चात ४ जना डाक्टर सहित २१ जना कर्मचारीको दरबन्दि रहने समेत बताए । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ तहमा अहिलेसम्म अस्पताल नै सञ्चालन भएका छैनन्न ।

तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा सरकारले अस्पताल बनाउन थालेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन बजेट विनियोजन गरिसकेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रण तथा स्थानीय तहका स्वास्थ्य संस्था स्तरोन्नतीका लागि सरकारले पाँच शैयादेखि १५ शैयासम्म अस्पताल बनाउन थालेको हो । अस्पताल बनाउन न्युनतम ७ रोपनी जग्गा आवश्यक हुनेछ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै