• १३ बैशाख २०८१, बिहीबार
  • ११:१४:१४

Now: सिने संसार

Next: नेपाल खवर

पाण्डबखानीको रमुवामा प्रभुले सामाजिक सुरक्षा भत्ता वितरण गर्यो

गलकोट । गलकोट नगरपालिकाको कार्यलय र गलकोट नगरपालिका वडा नं १० पाण्डबखानीको सम्वयन्यमा आज प्रभु बैंक लिमिटेड गलकोट शाखाले पालिकाको वडा नम्वर १० रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको बताउदै प्रभु बैकका अफ्ररेशन ईन्चार्ज शिशिर बम मल्लले आज ५१ जनालाइ ३ लाख ६२ हजार ९ सय बराबारको भत्ता वितरण गरिएको बताए । गलकोट नगरपालिका वार्ड नम्बर १० भित्रका बैंकले वडा नं का विभिन्न टोलमा गरि आज दलित वच्चा,पुर्ण अपाङ्गता, वृद्ध दलित,आंशिक अपाङ्गताम,एकल महिला, विधवा लाई भत्ता वितरण गरीएको हो ।  

कोरोनाको समयमा बैकमार्फत बैकमै भत्ता वितरण गर्दा भिडभाड हुने भएकोले घरघरमै भत्ता वितरण सुरु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिए। शनिबार बैंकले गलकोट नगरपालिका वडा नम्बर १० को वडा कार्यालयबाट भत्ता वितरण गर्ने बम मल्लले बताए।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै