• ८ जेठ २०८१, मंगलबार
  • १४:४२:०१

Now: संगित सरगम

Next: नेपाल खवर

वामीटक्सारमा पशु सेवा केन्द्रकाे सांसद विष्ट द्धारा उद्घाटन

वामीटक्सार । मुसिकोट नगरपालिका ७ वामीटक्सारमा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ । कुल १ करोड ४५ लाख ३९ हजार रुपैयाँको लागतमा २०७९ असार २४ गते निर्माण सम्पन्न भएको भवनको आज पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य गोकणर्राज विष्टले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनपछि सांसद विष्टले नागरिकले पशु सेवा केन्द्रबाट लाभ प्राप्त गर्न सके बल्ल भवनले सार्थकता पाउने बताउदै संघियतापछि गाँउगाँउमा विकास पुगेको बताउनुभयो । विकाश गर्न खोज्दा हुने गरेको केहि विवाद र लापरवाही बाहेक समयमै सकिएका कामले देशभर परिवर्तनको महशुस गराएको बताउनुभयो ।

एकल बहुमत सहित सरकार चलाउदा समेत नेपाली काँग्रेसले देश विकासका लागि केही गर्न नसकेको भन्दै सांसद गोकणर्राज विष्टले पछिल्लो समय देशमा केही भएको छैन भन्ने भाष्यको विकास भएको भन्दै विकासका धेरै पूर्वाधारहरुको उल्लेखनीय विकास भएको दाबी गर्नुभयो ।

साथै फरक प्रसंगमा उहाँले बजेटको कमी नभई ठेकेदारको लापरवाहीकै कारण रिडि रुद्रवेणि वामीटक्सार संडकको कामले गति लिन नसकेको भन्दै सोहि सडक खण्डमा आवश्यक पुल निमार्ण र अर्लाङकोट हुँदै गलकोट जोड्ने सडक कालोपत्रेको काम अगाडी बढेको बताउनुभयो ।

भवनको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेल, नगर उपप्रमुख गंगा श्रेष्ठ, नगरपालिकाका पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफले, नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति सभापति झविलाल भण्डारी लगाएतले पशु सेवा केन्द्र पालिकाको कुनै शाखा नभई छुट्टै अस्पतालको रुपमा विकास हुने मुसिकोट मात्रै नभएर छिमेकी पालिका र जिल्लाका नागरिकहरुले समेत सेवा लिन सक्ने बताउनु भएको थियो ।

उहाँहरुले कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित भवनसंगै सेवा प्रवाह पनि सर्वसुलभ र आम नागरिकले सजिलै प्राप्त गर्न सक्ने हुनुपर्ने सुझाव राख्नुभयो । बस्ती रितिदै जानु पछिल्लो सयम मुख्य चुनौति रहेकोले परिणाम देखिनेगरि पालिका र जनप्रतिनिधीले काम गर्न आवश्यक रहेको बताउनुभएको थियो । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा श्रेष्ठ कन्ट्रक्सन सेवा गुल्मीले निर्माण गरेकोे उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ ।

स्थानीय ५ जना व्यक्तिहरुले गरेको ३ रोपनी जग्गा दानबाट देश भित्र बनेका केही भवनहरु मध्ये मुसिकोटमा पशु सेवा केन्द्रको भवन निर्माण भएको भन्दै प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले भवनमा प्रयोगशाला सहित पशु सेवालाई आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान भईसकेको बताउनुभयो । 

यो वर्ष देखि एकजना भेटेनरी डाक्टर सहित २ जना पशु प्राविधिकहरुले सेवा दिईरहेको भवन उद्घाटनका अवसरमा जग्गादाताहरु चुरामणी सापकोटा, राजकुमार शाक्य, बिष्णु प्रसाद शाक्य र मछिन्द्र शाक्यलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै