• ६ जेठ २०८१, आइतबार
  • २२:४१:२८

Now: खुलदुली डटकम

Next:

एमालेद्धारा सिसाखानीमा श्रदाञ्जलीसभा सम्पन्न

बडिगाड  : नेकपा एमाले बडिगाड ३ सिसाखानी वडा कमिटीले आफ्नो पार्टी सदस्यको छैठौं दिनको पुण्य तिथीमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । 

बडिगाड ३ सिसाखानी तारञ्ता स्थायी घर भई हाल रोजगारीको शिल्शीलामा भारतको लद्दाकमा कार्यरत पार्टी सदस्य बर्ष ४३ का सुरेश बि क, बर्ष १६ का युवराज सुनार तथा बर्ष १५ का सागर बि क को यही वैशाख २० गते असामयिक निधन भएको थियो ।

रोजगारीको लागि केही बर्षदेखी भारतमा रहेका उनीहरु बसेको स्थानमा भारी हिमपात हुदा कोठा भित्र कोइला बाली सुत्दा अक्सिजनको कमि भएर ज्यान गएको छिमेकी पुरण बिकले जानकारी दिनुभयो ।

मंगलवार भएको श्रदाञ्जली सभामा एमाले जिल्ला कमिटी सदस्य तथा वडाध्यक्ष खड्क पुनको अध्यक्षता, बडिगाड दलित सञ्जालका सचिब पुरण बि क को शोक मन्तब्य तथा एमाले वडा कमिटी सदस्य बोम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।  


 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै