• ४ जेठ २०८१, शुक्रबार
  • ०८:०५:०२

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

नेपाल शिक्षक महासङ्घ मुसिकोटद्वारा शिक्षकहरुलाइ सम्मान

 नेपाल शिक्षक महासङ्घ मुसिकोटद्वारा नवनियुक्त शिक्षकहरुलाइ सम्मान गरिएको छ ।

 बिक्रम सम्वत २०८१ सालमा शिक्षक सेवा आयोगद्वारा मुसिकोट नगरपालिकाभित्र विभिन्न तहमा सिफारिस भएर नियुक्त भएका नवप्रवेशि शिक्षकहरुलाइ स्वागत एवम सम्मान गरिएको नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो । 

 बुधबार महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारको सभाहलमा भएको कार्यक्रममा नवनियुक्त शिक्षकहरुको उत्साहपुर्ण उपस्थिति रहेको थियो ।
 कार्यक्रममा नेपाल राष्ट्रीय शिक्षक सङ्गठनका मुसिकोट नगर कार्य समितिका अध्यक्ष दधिराम शर्मा र नेपाल शिक्षक सङ्घ मुसिकोटका सचिव सुनिल भण्डारीले शुभकामना मन्तव्यको क्रममा नव आगन्तुक शिक्षकहरुलाइ शैक्षिक जीवनको सफलताको कामना गर्नुभएको थियो ।

 कार्यक्रममा महासङ्घका नगर सहसचिव विष्णुप्रसाद आचार्यले महासङ्घ स्थापनाकालदेखि हालसम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सदस्य शीला खरालले स्वागत गीतसङ्गै साङ्गतिक प्रस्तुति प्रस्तुत गर्नुभएको कार्यक्रममा सदस्य सम्झना कण्डेलले अतिथि तथा आगन्तुक शिक्षकहरुला टीका लगाएर स्वागत गर्नुभएको थियो ।

 महासङ्घ मुसिकोटका उपाध्यक्ष बोम बहादुर छन्तेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव बुद्दिमणि खरेलको सन्चालन तथा महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माको अध्यक्षता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै