समचार

बामगठबन्धनको चुनावी जनभेटघाट तथा घरदैलो कार्यक्रम गल्नकाेट नगरपालिकाकाे ३ र ४ मा

थम्मन थापा सन्देश , गलकोट कात्तिक २४

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिए सॅगै गलकोटमा पनि बामपन्थी गठबन्धनले चुनावी जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिव्र पारेका छन । बाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम आज गलकोट नगरपालिका ३ र ४ हटियाका विभिन्न स्थानमा सम्पन्न भएको छ ।

हटियाको खसगाउ र नुवाकोटमा भएको कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले स्थिर सरकार, विकास निर्माण र समृद्विको निम्ति बाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भएको छ । 

बाम गठबन्धनले मात्रै जनताको आकाङक्षा पुरा गर्न सक्ने भएको देशको आमुल परिवर्तन गर्न आम जनसमुदायलाई गोलाकार भित्रको हसिया हथौडामा मतदान अपिल गर्नुभयो । सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार विष्णु कॅडेल, नेकपा माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष तिलक उप्रेती, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठले बाम गठबन्धन राष्ट्रको समृद्विका लागि भएकोले विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष चित्र साहानीको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका वडा सदस्य शुष्मा श्रेष्ठको स्वागत र नेकपा एमालेका वडा अध्यक्ष सन्त बहादुर पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

 त्यस्तै बामगठबन्धनको आजै गलकोट नगरपालिका वडा नं ४ नुवाकोटमा पनि जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष सोम बहादुर नेपालीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गलकोटका अध्यक्ष चुडामणि शर्माको स्वागत र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । यता बाम गठबन्धनको चुनावी जनभेटघाट तथा घरदैलो कार्यक्रम गलकोट नगरपालिका ४ चमुवा भॅयरखर्कमा समेत भएको छ ।

Top