• ६ मङ्सिर २०८१, बिहीबार
  • १३:३५:१४

Now: Music Expreeas

Next: थाहा अपडेट

स्वास्थ्य महाशिवरात्री : नशालु पदार्थ सेवन गर्ने पर्व होइन

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो।

भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। पौरानिक काल देखिनै भगवान शिबजी लाई बिशेष पुजा-आजा आरधना गरि मनाइदै आएको महाशिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।

महाशिवरात्रीमा विशेष गरेर शिवलिंगमा बेलपत्र, दुध चढाइ पुजा गर्ने, उपबास बस्ने, राती जागरण बस्ने, शिवपुरानको पाठ र कथा सुन्ने आदि चलनहरु रहिआएको छ । यस अबसरलाइ अझै योग गर्ने, भगवान शिवजीलाई शक्तिको रुपमा लिइ आफुलाइ समेत सकारात्मक रुपमा शक्तिशाली बनाउने, शिव जस्तै सहयोगी र कल्याणकारी बन्न प्रेरित हुने जस्ता राम्रा पक्षलाई अंगाल्दै यस पर्वलाइ मनोसामाजिक प्रेरणाको रुपमा लिन सके राम्रो हुन्छ जस्तो लाग्छ ।

तर आजभोली नाङ्गै भाँग पिएको अबस्थाका फोटोहरु, नशामा विभिन्न हर्कत गरेका ट्रोल बन्न पुगेका भिडियोहरु सामाजिक सञ्जालमा अपलोड भैरहेकाछन यस्ता प्रवृत्तिले बालबालिकालाई यस पर्व सम्बन्धिका सामाजिक मुल्यमान्यतानै बिर्सिन गै मनोरञ्जन र समय ब्यतित गर्ने, भाङ, धतुरो घोट्टा आदि खुलम खुल्ल सेवन गर्ने पर्वको रुपमा मात्र लिइरहेको जस्तो पाइन्छ र जुन बढ्दो क्रममा देखिन्छ । हाम्रो समाजमा युवायुवतीहरु बिहानै देखी नशालु पदार्थ सेवन गर्ने, झैझगडा हुने, तथा कतिपय ब्यक्तिहरु यसैका कारण कुलतमा फस्दै गैरहेको र नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका घटना धेरै पाइन्छन।

यसरी जति खुलम्खुल्ला प्रयोग भैराख्छ त्यति सामान्यरुपमा लिइ कुलतमा फस्ने दर बढदै जान सक्छ । यस्ता प्रवृत्ति बारे हरेक नागरिक, परिवार, समाज सचेत हुनु जरुरी छ । यसैले शिवरात्रीको खास महत्वलाई हामीले अनुसरण गर्नु पर्दछ । भगवान खुसी हुन्छन्, मनोकामना प्राप्त हुन्छ या यो पहिलेदेखि चलेको चलन भनेर हामीले शिवरात्रीमा खाइने नशालु पदार्थलाई सिको गर्नु सेवन गर्नु पक्कै पनि राम्रो पक्ष हुँदै होइन । सामाजिक संजालका बिस्तार संगै धतुरो, गाजाका फाइदाहरु गुगलमा हेर्ने, अरुको नक्कल गर्ने प्रबृत्ति, साथिको अनुभव सुनेको भरमा कौतुहलताले प्रभावित भै यस किसिमको प्रवृत्ति बढ्दो क्रममा देखिन्छ ।

गुगलमा पाइने फाइदा हरु प्रसोधित गरि अन्य किसिमले गाजा प्रयोग आउने गर्दछन जुन औषधिको रुपमा मात्र प्रयोग गरिन्छन र सबै औषधिको रुपमा प्रयोग हुनका लागि उत्पादित बस्तुहरु निश्चित रोग तथा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी वा आयुर्वेदहरुले समस्या पत्ता लगाइ प्रयोग हुने गर्दछन । धुवाँ र घट्टाको रुपमा प्रयोग गर्दा औषधिको रुपमा काम गर्ने भन्ने हालसम्मको रिसर्चले प्रमाणित गरेको छैन । कहिलेकाही धतुरा सेवन गर्दा धतुरा बिशाक्तता (Dhatura Poisoning) भै मानिसको ज्यान समेत जान सक्छ ।

गाजा, धतुरो को बिषाक्तता हुदा मुटुको गति बढ्ने, छाला तथा मेम्ब्रेन सुख्खा हुने, पिसाब रोकिने, भ्रममा पर्ने, कम्पन आउने, कोमामा जाने देखि तिब्र मनोबिकृती (Acute Psychosis), Acute Kidney Failure, मुटु तथा त्यस अन्तर्गतका नशाहरुमा अषर, Hypersensitivity (कडा किसिमको एलर्जी) साथै मृत्यु समेत हुन सक्दछ । त्यसैले हामीले महाशिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोड दिदै र स्वास्थ लाई पनि ख्यालमा राखी मनाऔ। महाशिवरात्रीको शुभकामना ।

(सुदिप रन्जन) यादव हेल्थ असिस्टेन्ट आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ प्रमुख

प्रतिकृया दिनुहोस