खानेपानीको अभावमा दगातुन्डाँडाका स्थानीय : १० वर्षदेखि तारेभिरको खानेपानी योजना अधुरै

यहाँको एक वृहत खानेपानी आयोजना १० वर्ष वित्दा समेत अधुरै रहेको छ । बागलुङको बडिगाड गाउँपालिका स्थित दगातुन्डाँडामा एक घर एक धारा मार्फत खानेपानी वितरणका थालिएको योजना १० वर्ष वित्दा समेत पुरा हुँन सकेको छैन ।
खानेपानीको समस्या झेल्दै आएका दगातुन्डाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँसर्ने सुरमा देखिन्छन् । २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत ७०० घर परिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा ३८० घरलाई धारा पु¥याउन नयाँ योजना थालिएको थियो ।
२५ वर्ष पुरानो योजना जीर्ण बनेपछि एक घर एक धारा निर्माणको काम थालेपनि १० वर्ष वित्दा समेत पुरा नहुँदा स्थानीय आक्रोसित भएका छन् । उनिहरुले खानेपानीको समस्याका विषयमा स्थानीय तहले समेत चासो देखाउन आवश्यक रहेको बताउनुभयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङबाट नयाँ योजना मार्फत ३८० घरधुरीमा खानेपानी पु¥याउन थालेपनि बजेट अभावमा १० वर्ष वित्दा समेत अझै पुरा नभएको हो ।
खानेपानीको अभावमा स्थानीयहरु बसाइँसराइ गर्न थालेको दतातुन्डाँडाका पूर्व प्रधानपञ्च प्रेमलाल पाेखरेलले बताउनुभयो । उहाँले जेनतेन चलिरहेको खानेपानी नयाँ योजना थालेपछि झनै संकटमा परेको बताउनुभयो । उहाँले अधुरो खानेपानी योजनाले पानीको समेत अभाव बढाउदै गएको छ । “तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडाबासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि एक घर एक घाराको योजना ल्याइएको थियो, योजना थालेको १० वर्ष सम्म पुरा भएन” सापकोटाले भावुक हुँदै भन्नुभयो “मत उतरार्धमा आए दुःख गरेर २०४८ सालमा खुवाएको पानीलाई व्यवस्थित गर्ने भन्दा अस्तव्यस्त भयो, १० वर्षमा खानेपानी योजना बन्दैन, जनताले पानी खाएको नहेरी मरिन्छ होला ।”
२०४५ सालमा लुर्थन संस्थाले निर्माण गरेको खानेपानीले राहत मिलेका स्थानीयहरु एक घर एक धाराको नाममा १० वर्षदेखि खानेपानीको समस्या झेल्दै आएको बताउछन् । स्थानीय रेम बहादुर भुजेलले खानेपानी योजनाका लागि बनाइएका पूर्वाधार समेत जीर्ण बन्दा समेत आयोजना पुरा नहुँनु दुखद् रहेको बताउनुभयो । उहाँले खानेपानीको अभावमा गाउँ रित्तिने अवस्थालाई मध्यनजर गर्दै छिट्टै आयोजना सक्नतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
स्थानीयको माग अनुसार वडाभरनै एक घर एक धारा निर्माणका लागि योजना २०७२ सालमा थालेपनि बजेटको अभावमा खानेपानी योजना अपुरै रहँदा समस्या भएको स्थानीय भिमलाल पोखरलले बताउनुभयो । “२०७२ सालको योजना २०८२ साल सम्म पुरा हुँदैन, भइसकेका संरचना जीर्ण बन्न थाले, स्थानीय खानेपानीको समस्याले दैकिन बसाइँसराइ गर्न थालेका छन्, मुहानको खानेपानी समेत जलजला तर्फकाले प्रयोग गर्दा खानेपानीको चरम अभाव भइरहेको छ”–पोखरेलले भन्नुभयो ।
जलजला र सिसाखानीको सिमानामा रहेको तारेभिरको मुहानदेखि १३ किलोमिटर तल पानी ल्याएर वितरण गर्ने योजनामा चालु आर्थिक वर्षमा जम्मा १० लाख मात्रै बजेट बिनियोजन गरिएको छ ।
दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयको ३८० घर मध्ये अहिले सम्म १६७ घरमा मात्रै धारा पुगेको र खानेपानी वितरणको काममा ढिलाई भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुदिप आचार्यले जानकारी दिनुभयो ।
स्थानीय जनश्रमदान सहित पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हाल सम्म दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ ।
आर्थिक वर्ष २०७२÷७३ सालबाट सुरु भएको योजनामा अहिले सम्म आठ खानेपानी संकलन ट्याङकी, १३ किमि मुख्य पाइपलाईन, ८ किमि वितरण पाइपलाईन तयार भइसकेको आचार्यले बताउनुभयो ।
चालु आर्थिक वर्षमा १३५ घरमा धारा गर्ने र ३८० घर मध्ये २३५ घरमा खानेपानी पु¥याउने बताउनुभयो । आर्थिक कारणले योजना सम्पन्नतमा ढिलाई भएको स्विकार गर्दै आचार्यले अन्य योजनाको रकमान्तर गरेर भएपनि चालु आर्थिक वर्षबाटै खानेपानी वितरण गर्न थालिने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस