• २१ जेठ २०८२, मंगलबार
  • १२:३७:२२

Now: माई च्वाईस

Next: थाहा अपडेट

बडिगाडका प्रेम विश्वकर्मा बने ‘गण्डकी लोकतारा’

बागलुङ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको आयोजनामा शनिबार बागलुङ बजारमा प्रथम गण्डकी लोकतारा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बडिगाड गाउँपालिका ९ का प्रेम विश्वकर्मा प्रथम भएका छन् ।

जैमिनी नगरपालिका १० की ललिता घर्ती द्वितिय र काठेखोलाकी प्रतिमा कुँवर बैकल्पिक भएका छन् । प्रतियोगितामा १३ प्रतिस्पर्धीले भाग लिएका थिए । लोकगीत संगीतमार्फत जिल्लालाई प्रदेश र देशभर चिनाउने लक्ष्यले प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको थियो ।

‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ प्रतियोगिता भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेलले गीत संगीतले पनि मानिसलाई चिनारी गर्न सकिने, पहिचान बढाउन सक्ने र राष्ट्रकालागि काम गर्न सक्ने बताए ।

उनले बाबुआमाले छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउने सपना देख्नेमात्र गरेको भन्दै सफल कलाकार र खेलाडीले देशको नाम राख्न सक्ने बताए । राज्यले कलाकारिता गरेर पनि खान सक्ने वातावरण सिर्जना गरेमा युवाहरुको क्षमता कलाकारितामा पनि फस्टाउने बताए ।

कार्यक्रममा निर्णायक तथा कलाकार तारानाथ आचार्यले क्षमता भनेको अबसर पछि मात्र पाउने भन्दै अबसरकालागि राज्यका निकायले पनि साथ दिनुपर्ने बताए । प्रतियोगितामा आचार्य सहित कलाकार इश्वर सिंह र रेणु केसी निर्णयक थिए ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, उपाध्यक्ष जमुना श्रीसको स्वागत र सचिव सुमन खड्काको संचालनमा सम्पन्न कार्यक्रममा कलाकार लक्ष्मण श्रीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै विश्वकर्मा रेडियो सारथी १०७.४ मेगार्हज खर्वाङ बागलुङले २०७८ सालमा संचालन गरेको तीज गित गायन प्रतियोगिताका बिजेता समेत हुन । २ सय बढि प्रतियोगिहरु सहभागी भएको कार्यक्रममा ६० प्रतियोगिबाट टप १५, टप ८, टप ५ र टप ३ प्रेम विश्वकर्मा तीज गित गायन प्रतियोगिता २०७८ को विजेता बनेका थिए ।

याे पनि 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै