• २३ जेठ २०८२, बिहीबार
  • १०:०७:१५

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

मुसिकोट लुम्बिनी सम्पर्क समाजको अध्यक्षमा अर्याल

गुल्मी । मुसिकोट लुम्बिनी सम्पर्क समाजको प्रथम भेलाले तेज नारायण अर्यालको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरेको छ । बुटवलमा सम्पन्न भेलामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा आफ्नो कार्यक्षेत्र बनाएका मुसिकोटका नागरिकहरुको सहभागिता रहेको थियो ।

भेलाले उपाध्यक्षमा भीमकान्त घिमिरे, सचिवमा प्रेम बहादुर रायमाझी,सह सचिवमा अनिषा कार्की केसी, तथा कोषाध्यक्षमा लक्ष्मण पन्थलाई चयन गरेको छ ।

यस्तै सदस्यमा मृगेन्द्र हितान मगर, सृजना मरासिनी घिमिरे, जमुना भुसाल, भीष्म प्रसाद सापकोटा, मिना फुल्देल अर्याल र बिमल छन्तेल रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

सम्पर्क समाजले हाल रुपन्देहीमा रहेका मुसिकोटेहरुलाई एकताबद्ध गरेको र विस्तारै मुसिकोट जन्म भई हाल लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका व्यक्तिहरुलाई समेटदै जाने बताईएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै