• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४९:०३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

इन्फिनिटीको एक दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

सल्यान । इन्फिनिटी लघुबित्त बित्तीय संस्था लिमिटेडका सदस्य हरुको लागि एक दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । 

कपुरकोट गाँउपालिका ३ कपुरकोटमा सम्पन्न तालिममा ६३ सदस्यको सहभागिता रहेको तालिमको सहजिकरण भने इन्फिनिटी लघुबित्त बित्तीय संस्था लिमिटेडका भेटेनरी डाक्टर कृष्ण प्रसाद पौडेलले गरेका थिए ।

तालिमका अबसरमा संस्थाका अनुगमन तथा असुली बिभाग अन्तर्गत दुधरास दाङ स्टेशनका माधब सापकोटाले सहभागिलाई तालिममा सिकेका कुरा व्यवहारमा उर्तान अनुरोध गर्दै संस्थाबाट लगेको कर्जालाई सहि सदुपयोग गरेर उद्यमी बन्नुप्रर्नेमा जोड दिए । 

तालिमकै अबसरमा कपुरकोट गाँउपालिका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली लागएतले पालिकाका कृषकहरुको लागि पालिका आगमि वर्षको वजेटबाट कृर्षि एम्बुलेन्स संचालन देखि विभिन्न कार्यक्रम संचालन गर्न अन्तिम अबस्थामा रहेको बताउदै हाट बजार संचालन तथा अनुदानमा पालिकाले सहयोग गरिरहेको बताएका थिए ।

कपुरकोट गाँउपालिका ३ का वडासदस्य तिलक बहादुर सेन, बरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद डिसी, कर्मचारी निर्मला केसी, निशा सेन, प्रतिमा वली भण्डारी लगाएतको सहभागिता तथा इन्फिनिटी लघुबित्त बित्तीय संस्थाका कपुरकोट शाखा प्रबन्धक चिन्तामणी वनको संचालन रहेको तालिममा सिर्जनशिल इन्फिनिटी महिला अध्यक्ष हरिकला बुढाथोकीको अध्यक्षता रहेको थियो । 

प्रतिकृया दिनुहोस