• २ कार्तिक २०८१, शुक्रबार
  • १०:२५:०४

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाडका भिसन थापा मगरको पहिलो एल्वम

खर्वाङ: बागलुङ बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा जन्म भइ अहिले रोजगारको शिल्शीलामा केहि समयदेखि युरोपमा रहेका भिसन थापा मगरको पहिले एल्वम "बिन्ती सानु" सार्बजनिक भएको छ । 

बागलुङ बडिगाड अनलाईन रोधीघर यु- ट्युव च्यानेल मार्फत सार्बजनिक भएको गितमा उनै भिसन थापा मगर र सिर्जना मगरको सुमधुर स्वरमा सजिएको छ ।  स्वंयम थापा मगरको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गितलाई राजु कार्कीले एरेन्ज तथा मिक्सीङ गरेका हुन् । 

बडिगाड ३ सिसाखानी साबिक सिरुबारे स्थायी घर भइ बिगत लामो समय देखि परदेशमा रहेर पनि नेपाली सँगितलाई माया गर्ने मगरले आगामी दिनमा पनि गितसँगितमा निरन्तर लागि रहने बताएका छन् । मगरको आफ्नो काम कार्यमा ब्यस्तता रहे पनि बेला बेलामा बिभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेका छन् । मगरले यो गित ब्यावस्थापनको लागि धेरै साथीहरुले सहयोग गरेको भन्दै सबैजनालाई धन्यवाद ब्यक्त गर्दे गितको प्रतिकृयाले अझ हौसला बढेको पनि बताएका छन् । 

सार्बजनिक "बिन्ती सानु" गितको म्युजिक भिडियोमा भने अहिले चल्तीमा रहेका लोकप्रिय मोडल बिमल अधिकारी र जुना गुरुङको अभिनय रहेको छ ।  राजेश घिमिरको छायाँकन नवीन घर्ति मगरको सम्पादन रहेको गितको म्युजिक भिडियोमा भागिरथ गाहा मगरले कथा तथा निर्देशन रहेको रहेको छ । सार्बजनिक "बिन्ती सानु" गितलाई धेरै भन्दा धेरै शुभकामना । 

हेर्नुहोस गितको म्युजिक भिडियो: 

 

प्रतिकृया दिनुहोस