• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४४:२५

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

चर्चामा प्रेम सापकोटाको तीज गित ‘काली पसम कि’ (हेर्नुहोस भिडियो)

हरितालिका तीज पर्व नजिकिएसँगै बजारमा यतिबेला तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको गुनासो पनि बढीरहेको छ । तर यहि भीडमा नेपाली समाजले हेर्न र सुन्न चाहेको महिलाहरुको बेदना समेटिएको वास्तविक तीज गीत  ‘काली पसम कि’ सार्वजनिक भएको छ ।

यो गित YouTube मा सार्बजनिक भएसँगै गितको शब्द, सँगित, भिडियो मेकिङ सबैकुराको निकै तारिफ र चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा धेरैले यो गीत शेयर गर्दै ‘यो वर्षको अहिले सम्मको उत्कृष्ट गीत’ लेखेका छन् । कतिपयले ‘यहि गीतले यो वर्षको तीज कब्जा गर्ने’ भन्दै गीतलाई शेयर पनि गरेका छन् ।

भिडियोलाई श्रावण ४ गते गीतकार प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  ‘उनै प्रेम सापकोटा सोनु’ को शब्द तथा संगीत रहेको गीत गितमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वरमा सजिएको छ ।  बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन् । मालाश्री रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट सागर बाजुराली र गोबिन्द पराजुली हुन् । 

गितको म्युजिक भिडियो जेरी भण्डारीको निर्देशन तथा कोरियायोग्राफीमा तयार भएको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

विवाहित नारीले श्रीमानबाट भोगेको हिंसा त्यसपछि निम्त्याउने अन्य समस्याहरुलाई गीतमा उतारिएको छ । .
हेर्नुहोस गितको म्युजिक भिडियो: 


 

प्रतिकृया दिनुहोस