• ६ कार्तिक २०८१, मंगलबार
  • २३:२०:२२

Now:

Next:

सिता र पुर्णको मौलिकताले भरिएको तीज गित "माइती घर" सार्वजनिक

खर्वाङ : नारीहरुको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै  गायिका सिता परियार र पुर्ण परियारले  हरितालिका तिजको अवसरमा यो बर्षको नयाँ तिज गित  "माइती घर" सार्वजनिक गरेका छन । तीजको मर्म बोकेका गितहरु हराइरहेको बेला सार्वजनिक  "माइती घर" अहिलो बजारमा आइरहेका गीतहरूमध्ये केही मौलीक र केही फरक शैलीको गित सार्वजनिक गरेका हुन ।  

सार्बजनिक "माइती घर" गीतले एक चेलिको लागि माइती घर कति प्यारो हुन्छ भन्ने कुरा गीत र भिडियोमार्फत देखिउन खोजिएको छ। सीता परियारको सुमधुर स्वरमा सजिएको यस गीतको शब्द तथा लय सिर्जना पूर्ण परियार आफैंले गरेका छन्।

गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्।  यता म्युजिक भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने गितको म्युजिक भिडियोमा स्मारिका ढकाल र पूर्ण परियारले गीतमा अभिनय गरेको देख्न सकिन्छ। "माइती घर" तीज गीतले नेपाली तीजको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकको मन जित्न सफल भएको छ।

परियारको यो भन्दा अगाडी तीज गित कोशेली चुरि छैया छैया, मायाको फरिया, बलेवामा हवाइजहाज सरर लगायतका सिर्जनाहरु चर्चित रहेका छन् ।  

हेर्नुहोस गितको म्युजिक भिडियो 

 

 

प्रतिकृया दिनुहोस