• १ असोज २०८१, मंगलबार
  • ०१:२४:२४

Now:

Next: शुभारम्भ धुन

"सारथी लोक आइडल" प्रेम विश्वकर्माको आवाजमा पहिलो तीज गित सार्बजनिक (हेर्नुहोस भिडियो)

खर्वाङ । रेडियो सारथी १०७.४ मेगाहर्जबाट उत्पादन भइ प्रसारित रेडियो कार्यक्रम तीज गित गायन प्रतियोगिता (सारथी लोक आइडल) का विजेता प्रेम विश्वकर्माको आवाजमा  पहिलो तीज गित सार्बजनिक भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै यतिबेला कलाकार तथा सर्जकहरुले डिजिटल बजारमा गित सार्बजनिकाे लहर चलिरहेकाे बेला सारथी लोक आइडल प्रेम विश्वकर्माको पहिलो कोशेली "सैँ पनि काले मै पनि काले" सार्बजनिक भएको छ ।

बिशाल रायमाझी YouTube च्यानेल मार्फत सार्बजनिक गितमा विशाल रायमाझी, लालमाया थापा पुन, प्रेम विश्वकर्मा र रितु मगरको संयुक्त आवाज रहेको छ । गितको लय तथा उत्कृष्ट शब्द सिर्जना विशाल रायमाझीकै रहेको छ । 

सार्बजनिक "सैँ पनि काले मै पनि काले" गितको म्युजिक भिडियोमा भने बिशाल रायमाझी, एलिना रायमाझी, निष्ठा पुन लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन राजकुमार मगरको दृश्य सम्पादन रहेको गितमा बिजय बुढा मगरको कोरियोग्राफी रहेको छ । 

२०७८ सालमा सञ्चालित रेडियो कार्यक्रम तीज गित गायन प्रतियोगिता (सारथी लोक आइडल) का बिजेता प्रेम विश्वकर्मा बागलुङ बडिगाड गाउँपालिका वडा नं. ९ का हुन् । मिठो स्वर भएका उनी सानैदेखिनै गित गाउँन मन पराउथे, उनले बिभिन्न बिद्यालयका प्रगियोगिता तथा रेडियो कार्यक्रमहरुमा पनि सक्रिय सहभागिता जनाउने गर्दछ ।

थुपै्र प्रगियोगीहरुलाई पछि पार्दै "सारथी लोक आइडल" बनेका प्रेम विश्वकर्माले आगामी दिनमा पनि नेपाली लोकसँगितको क्षेत्रमा निरन्तर लाग्दै आफ्नो थप पहिचाब बनाउने बताएका छन् । हाम्रो तर्फबाट पनि यो गितको सम्पुर्ण टिम र प्रेम विश्वकर्मालाइ उज्जवल भबिस्यको शुभकामना ।
 

हेर्नुहोस गितको भिडियो :

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै