• १ असोज २०८१, मंगलबार
  • ०१:२७:२६

Now:

Next: शुभारम्भ धुन

दिलु सलामी मगरको पञ्चेबाजा "बडिगाड न्वार खारको" सार्वजनिक हेर्नुहोस (भिडियो सहित)

बडिगाड : गित सँगितको माध्यमबाट आफ्नो गाउँघरलाई संसारभर चिनाउदै आएकी बागलुङ बडिगाडकी चेली गायीका दिलु सलामी मगरको फेरी अर्को गित सार्बजनिक भएको छ । प्रेम बुढा मगर र नरमति बुढा मगरको निर्माणमा दिलु सलामी मगरको YouTube च्यानेल मार्फत सार्बजनिक "बडिगाड न्वार खारको बोलको" पञ्चेबाजा कोशेली सार्बजनिक भएको हो ।

सार्बजनिक उक्त "बडिगाड न्वार खार बोलको" पञ्चेबाजाभाका मार्फत बडिगाड गाउँपालिकाको बिभिन्न ठाउँहरुको शब्द र दृश्यमार्फत देखाइएको छ भने प्युठानको गौमुखी रजवारकोको पनि बिभिन्न ठाउँहरु शब्द र सुन्दर दृश्यमार्फत देखाइएको छ । दिलु सलामी मगर र नविन रानाको सुमधुर स्वरमा सजिएको गितमा सलामीकै शब्द रहेको गितमा राजु सुनामले लय सिर्जना तथा गितको एरेन्जपनि गरेका हुन । 

चर्चित मोडल शेखर घर्ति मगर, चाहाना राना मगर, आनन्द गुरुङ र अञ्जु गुरुङको अभिनय रहेको गितको म्युजिक भिडियोमा दिप गुङको निर्देशन, बिजय लामाको छायाँकन तथा पदम सुबेदीको गितको दृश्य सम्पादन गरेका हुन । 

सार्बजनिक "बडिगाड न्वार खारको" बोलको पञ्चेबाजा कोशेलीलाई धेरै भन्दा धेरै शुभकामना । हेर्नुहोस गितको म्युजिक भिडियो : 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै