• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०६:०५

Now: नेपाल खवर

Next: माई च्वाईस

बडिगाडका बाढि पहिरो पिडितलाई सुर्योदय समाजको सहयोग

खर्वाङ । गत साउन २१ र २२ गतेको बाढि पहिरोबाट प्रभावितहरुको लागि सुर्योदय समाज कल्याण मञ्च बागलुङले सहयोग गरेको छ । मञ्चले गत आईतबार र सोमबार बडिगाड ९ र १० वडाका २६ परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको हो ।

सुर्योदय समाज कल्याण मञ्च बागलुङको आयोजना तथा टेवाको आर्थिक सहयोगमा बडिगाडका २६ बाढि पहिरो प्रभावितलाई सहयोग गरिएको मञ्चका अध्यक्ष मन्जुमाया क्षेत्रीले बताईन् ।

मञ्चले बाढि पहिरोको कारण ज्यान गुमाएका, घाईते तथा प्रभावितहरुलाई बडिगाड गाँउपालिका ९ र १० मा एक कार्यक्रमका विच परिवारका सदस्यहरुलाई नै नगद र खाद्यन्न साथै वडा नं। ९ मा स्थानियकै मागका आधारमा सिंचाईको लागि ५० मिटर पाईप समेत सहयोग गरेको संस्थाका सचिव लक्ष्मी बोहोराले जानकारी दिईन् ।

राहत वितरण कार्यक्रममा गण्डकी प्रदेश सभाका पुर्व सदस्य सावित्रा रानाले विपतले जो सुकैलाई पनि प्रभावित बनाउ सक्ने भएकाले दुःखको समयमा सबै एकजुट हुनुप्रर्ने भन्दै प्रभावितको माग, समस्या र आवश्यक्ताका विषयमा सम्बन्धीत सरोकारवालासंग पु¥याउने साथै सहयोगतको लागि पहल गर्ने बताईन् ।

सोहि अबसरमा बडिगाड ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले बाढि पहिरोबाट वडामा बाटो, विद्युत तथा सिंचाई पुर्ण रुपमा अबरुद्ध भएको बताउदै दशैं अघि पालिकाको पहलमा बाटो संगै विद्युत संचालनको लागि तयारी गरिने बताउदै अबरुद्ध १५ सिंचाई योजना मध्ये दाताकै पहलमा १० आयोजना सामान्य रुपमा संचालन गरिएको बताए ।

“वडाका प्रया सबै बाटो अबरुद्ध छ दर्लिङ्खोला लघु जलविद्युत आयोजना पुर्ण रुपमा बन्द हुदाँ विद्युतको पनि समस्या छ उनले भने जिल्ला खानेपानी पालिका र दाताको सहयोगमा खानेपानी र सिंचाईका समस्या अस्थाई रुपमा समाधानको प्रयासमा वडाले काम गरिरहेको छ ।”

यस्तै बडिगाड १० का वडाध्यक्ष विरेन्द्र बुढाले बाढि पहिरोबाट वडामा ४० घरपरिवार विस्थापित भएको बताउदै अब राहात भन्दा बढि प्रभावितको लागि सुरक्षित स्थानमा लैजाने आफुहरुको प्राथमिक्तामा रहेको बताएका छन । दाताहरुको सहयोगमा मात्रै अहिले काम भईरहेको छ । उनले भने वडाको समस्या समाधानको लागि संघ सरकारले नै काम गुर्नप्रर्ने हुन्छ । 

चाडपर्वको समयमा समेत बाटो संचालान नहुदाँ भने झन बढि समस्या भएको वडा नं। १० का स्थानिय पुर्ण बहादुर विकले गुनासो गरे । आफ्नो आरन व्यवसाय संगै घर खेत बाढि पहिरोमा परेको सुनाउदै उनले अझैपनि त्रासकै विचमा बस्न परेको सुनाए ।

“अझै सम्म पनि बाटो खोलिएको छैन । दुख विमार हुदाँ झन समस्या हुने गरेको छ । पुर्ण भने हामिलाई सुरक्षित स्थानमा लगेर केहि गरि खाने बातावरण मिलाईदिन प¥यो ।”

प्रतिकृया दिनुहोस