सामुदायिक बिद्यालयमा सरकारले लगानी गर्दा पनि विद्यार्थी घट्नु दुख्द : उपसभामुख थापा
खर्वाङ : गण्डकी प्रदेशसभाका उपसभामुख बिना कुमारी थापाले तिनै तहका सरकारले शिक्षामा लगानी गरेपनि प्रभावकारी हुन नसकेको बताएकि छिन् । जिल्लाको गलकोट नगरपालिका ११ रिघाको सानो रिघा आधारभुत विद्यालयको ५० आंै वार्षिकोत्सब तथा स्वर्ण महोत्सवको अवसरमा थापाले अभिभावकको निजि विद्यालय प्रतिको मोह र देखासिखिको कारण सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा लगानि गरेपनि विद्यार्थी घट्नु दुख्द भएको बताईन् ।
समयानुकूल शिक्षाको लागि शिक्षालाई प्रविधिसंग जोड्न आवश्यक रहेको भन्दे उनले प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममै शिक्षालाई प्रााथमिक्ता दिने गरेको बताईन् । थापाले बजारमा बिक्ने शिक्षा दिन पनि प्रविधि र सिप युक्त शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिईन् ।
गत पुस ७ गतेबाट शुरू भएको वार्षिकोत्सब अन्तर्गतको विहिवारको कार्यक्रममा प्रध्यानाध्यापकको तर्फबाट जनजाकृति माविका तेजेन्द्र बुढाथोकी, विद्यालयका पुर्व प्रध्यानाध्यापकहरूको तर्फबाट यदुनाथ शर्मा, वडाध्यक्ष डम्ब्बर बहादुर श्रीसले पठनपाठन संगै विद्यार्थीलाइ अतिरिक्त किर्याकलापमा पनि सहभागी गराउन सके विद्यार्थीको बौेद्विक र शारीरिक बिकास हुने तर्क राखे ।
विद्यालयका प्रध्यानध्यापक नरेन्द्र पुनले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै शिक्षण सिकाईलाई समयको माग र परिवर्तनसंगै प्रविधियुक्त बनाउने, आधुनिक बालमैत्री भौतिक पूर्वाधारहरुको निर्माण गर्ने र असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित पुस ११ गते सम्म महोत्सव आयोजना गरिएको बताए । कोषको लागि १ करोड रकम संकलनकमे लक्ष्य राखिएको हाल सम्म करिब ९५ लाख रकम उठेको समेत उनले जानकारी दिए ।
वि।स। २०३१ सालमा स्थापना भएको विद्यालयमा हाल बाल कक्षा देखि ८ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।
प्रतिकृया दिनुहोस