रिघा स्वास्थ्य चौकीमा आकस्मिक प्रेसण कोष स्थापना
रिघा । गलकोट नगरपालिका–११, रिघास्थित रिघा स्वास्थ्य चौकीमा आकस्मिक प्रेसण कोष स्थापना गरिएको छ । आज एक कार्यक्रमका बिच वडा अध्यक्ष डम्बर बहादुर श्रीसले रु १० लाख २ सय ६३ को आकस्मिक प्रेसण कोष स्थापना गरिएको जानकारी गराउनुभएको हो ।
वडाध्यक्ष श्रीसले कोष स्थापनापछि स्वास्थ्य चौकीका आकस्मिक सेवाहरूलाई थप प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गर्नुभएको छ । श्रीसले, दीर्घकालीन सञ्चालनका लागि समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको सुझाव समेत दिनुभयो ।
रिघा स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मी श्रीसको संचालन रहेको कार्यक्रममा आकस्मिक प्रेसण कोष सञ्चालन कार्यविधिको बारेमा वडा सचिव देव बीकेले प्रस्ट पार्नुभएको थियो ।
सो अबसरमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य, रत्नलक्ष्मी माविका प्रधानाध्यापक तुल बहादुर श्रीस, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक प्रतिनिधि, तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियाे ।
प्रतिकृया दिनुहोस