• २३ पौष २०८१, मंगलबार
  • ०२:१८:३४

Now:

Next: शुभारम्भ धुन

‘शी लिड्स आइकन’ मा बडिगाड गाउँपालिका अध्यक्ष थापा सहित तीन उत्कृष्ट

देशभरका महिला जनप्रतिनिधिहरुको ‘शी लिड्स आइकन’ मा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी सहित तीन जना उत्कृष छानिएका छन् ।

उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा बडिगाड गाउँपालिका बागलुङका अध्यक्ष गण्डकी थापा अधिकारी, गौमुल गाउँपालिका बाजुराका उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीका उपाध्यक्ष धाना धामी रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बीच अवार्ड एवं प्रशंसापत्र प्रदान गर्नुभएको थियो । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका सफल भएका थिए । ती मध्ये तीन जना महिला जनप्रतिनिध उत्कृष्ट बनेका हुन् ।

आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । शुक्रबार काठमाडौंमा भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताउनभयो ।

हिजो छोरीहरूको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो ।’ उहाँले प्राप्त उपलब्धिहरू पर्याप्त नभएपनि स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि पुगेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै