• १९ जेठ २०८२, आइतबार
  • १४:१३:३२

Now: संगित सरगम

Next: नेपाल खवर

बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

बडिगाड: बडिगाड गाउँपालिकामा चालु आर्थिक वर्षको दोश्रो चौमासिकको कार्यक्रमबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा गाउँपालिकाको वडा नं। १ दगातुम्डाँडामा सार्वजनिक सुनुवाई भएको हो ।

मंगलबार भएको सुनुवाइमा गाउँपपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले लोकतन्त्रको मर्मअनुसार राजनीतिक दल र स्थानीय जनताको सुझाव र अपेक्षा अनुसारको काम गर्न तयार रहेको बताइन् । उनले आगामी नीति तथा कार्यक्रम पनि जनस्तरबाट आएका सुझाव तथा राजनीतिक दलको सल्लाहले तयार गरिने जानकारी दिइन् ।

भौगोलिक रुपमा कठिनाइ भएपनि भौतिक विकासमा लगानी गरिरहनु पर्ने आवस्यकताले बजेटमा समस्या भएको उनले बताइन् । तर लक्षित क्षेत्रमा बजेटलाई नियमित गर्ने, दलीत, जनजाती, महिला र सिमान्तकृत नागरिकको उत्थान तथा सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने समेत उनले बताइन् ।

कृषि उत्पादनलाई अत्याधिक रुपमा लगानी गर्ने अभियानमा पालिकाले काम गरिरहेको छ । मकै जोनको क्षेत्रमा किसानलाई प्रोत्साहित गर्ने, मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले नगदेबालीहरु उत्पादनमा जोड दिने, किसान परिवार सुचिकृत गर्ने, मकैबाली प्रवद्र्धन, पशुपालनमा जोड दिइएको छ ।

‘मासुका लागि राँगा तथा खसीबोका चीनमा निर्यात गर्न सरकारले सम्झौता गरेकोले उत्पादन बढाउन युवालाई प्रोत्साहित गरिरहेका छौं’ थापाले भनिन्, ‘अब हामीमा काम गर्ने जोश र जाँगर चाहिएको छ ।’ यो अभियानमा पालिकाले आर्थिक अनुदानदेखि तालिम समेतका काममा साथ दिने उनले बताइन् ।

पशु उपचारसँगै खोप लगाउने, नागरिकको पोषण सुधारमा ध्यान दिने र शुद्द खानेपानीको लागि सबै घरमा धारा निर्माण गरी पानी खान पाउने अधिकार सुनिश्चित गर्ने समेत उनले प्रघिवद्धता जनाइन् ।

कार्यक्रममा उपाध्यक्ष भीमसेन वनले विकास निर्माणलाई प्रभावकारी बनाउन नियमित अनुगमन गरिएको, शिक्षा र स्वास्थ्यका सुचकमा ध्यान दिइएको, पढ्दै कमाउँदै गर्ने विद्यार्थी प्रोत्साहन गरिएको र विवाद समाधानमा मेलमिलापको नीति लिइएको जानकारी दिए ।

कार्यक्रममा स्थानीयले खानेपानीको समस्याबारे बढी जिज्ञाशा राखेका थिए । त्यस बाहेक निशुल्क शिक्षा भनेर शुल्क उठाएको विषयमा पनि चासो राखे । साथै, दलीत र महिलाको क्षेत्रमा के कस्ता कार्यक्रम संचालन भए भन्ने जिज्ञाशा उठेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले चालु आर्थिक वर्षका कार्यक्रम र प्रगतीबारे प्रस्तुतीकरण गरे । कार्यक्रम गाउँपालिकाका प्रवक्ता कृष्ण केसीको अध्यक्षता, पत्रकार संगम घर्तीमगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै