सोरठी आफ्नै आवाजमा रेकर्ड गर्ने दुर्गा बहादुरको धोको
खर्वाङ । उमेरले उनि आउदो पुसबाट ८४ वर्ष लाग्दै छन्। तर उनको जोस अझैपनि अधवैशे पुरुषको जस्तै छ। बागलुङ बडिगाड गाउँपालिका १ तुम्डाँडाका दुर्गा बहादुर भुजेल यो उमेरमा पनि घर गोठको काम गर्न भ्याएकै हुन्छन्। यो उमेरका अरु कोहि हुदाँ हुन त घरैमा बस्थे होला। आँखा, कान, या भनौ शरिरका अन्य अंगले साथ छोड्दै जान्थे पनि होला।
तर दुर्गा बहादुर आफ्नो उमेरको ८४ औं वर्षको नजिक हुदाँ पनि उतिकै फुर्तिला छन्। दुर्गा बहादुरको यो फुर्ति त्यो बेला अझ बढ्छ जतिबेला उनि सोरठी भाका गाउने माहोलमा हुन्छन । दशैंको पुर्णिमा बाट सोरठी गाउन शुरु हुन्छ। गाउँमा सोरठी गाउने गुरु हुन् दुर्गा बहादुर भुजेल।
१३ वर्षबाट सोरठी गाउन थालेका उनिसंगैका दमालि अहिले कोहि छैनन्। त्यो बेला उनका बुबा हजुरबुबाले जता गित गाउन जाँदा पनि तिनओटा मात्र सोरठी गाउने गर्थे । अहिले उनी आफैले थुर्पै सोरठीहरु कण्ठ गरेका छन्। बुबा हजुरबुबाहरुसंगै धेरै ठाँउमा गित गाउन गएको उनि सम्झन्छन्।
गित गाउन गएका ठाँउका भाका र अन्य समुहबाट उनले भाका र लय टिप्न थाले। कति सोरठी भाकाहरु त उनले भुलिकसे। उनिसंग सोरठीका शब्द माग्न धेरै सर्जकहरु पनि पुग्ने गरेका छन।
“धेरैले म संगबाट सोरठीहरु सारेर लागे। गाउन सकैले सकेनन्। बागलुङ विरकोटका भैलीले मैसंग बाट हाइ मुरली लगेर गाए त्यो चाँहि ठ्क्याकै भाका टिपे अरु उनिहरुले पनि सकेनन्। अरुले त म संगबाट शब्द लेखेर लगे का गय, के गरे था छैन ।” उनले भने ।
दुर्गा बहादुर आफैले सोरठी गाउदै हिड्न थालेको ७० वर्ष भइसकेको छ। यो समयमा सोरठीका धेरै भाका हराएका छन। उनि संगै गित गाउने दमालिहरुले यो संसार छोडिसकेका छन। कति भाका उनि आफैले पनि भुलीसके। सोरठीका १६ हाँगा हुन्छन । एउटै हाँगाका गित पुरा गाउन पनि पुरै दिन लाग्ने उनि बताउँछन्।
“भन्न जान्न परो गित यहि ढुंगा माटोको पनि बन्छ।” सोरठीमा रामायण तथा कृष्ण चरित्रका कथा पनि गितमा उतारिने बताउदै दुईचार शब्दका पनि धेरै गित हुने उनले सुनाए। “सोरठीको पनि भुगोल अनुशार आफ्नो आफ्नो भाका हुन्छ। आफ्नो आफ्नो कथा, पोशाक, लय र गित हुन्छ। सबै मिल्न पर्छ। र राम्रो हुन्छ। मादलको तालमा ताल मिलाउन जान्न परो।” भुजेल भन्छन्।
सोरठी र भैलो भने फरक हो। विशेषगरी जनजाति समुदायमा सोरठी नृत्य र गायनको विशेष परम्परा छ। सोरठी पौराणिक राजा जयसिंह र उनका रानीहरूको कथा र देवीदेवताका गाथामा आधारित हुन्छ। भने बलि राजाको दानवीरताको सम्झना, घरधनीलाई आशीर्वाद दिने र उज्यालो पर्वको खुसी साटासाट गर्ने विषयवस्तु भैलोमा हुन्छ। भैलो तिहार विशेष मात्र हो भने सोरठी अन्य शुभ कार्यमा पनि प्रस्तुत गर्ने गरिन्छ।
दुर्गा बहादुरले सोरठी मात्रै होईन यानिमाया, सुनिमाया, सालैजो पनि गाउन सिपालु छन। “गाउन थालेपछि सलल गित आफै आउँछ। मन लागे म यहि घरै, वनै गोठमा पनि गित गाउन्छु। अहिले उमेर हुदै गयो दाँत पनि झरदै गयो। तर पनि गाउँछु।” उनले भने।
उनले सोरठीका जे जति गित जानेका छन। ति गित कतै लेखिएको छैन। उनसंगबाट गित लेखेर गएकाहरुले ति गित कहाँ लगे के गरे पनि उनलाई थाहाँ छैन। उमेरको उत्तारर्धतिर पुगेका दुर्गा बहादुर भुजेललाई यो समयमा आएर ति गित कतै राख्न मन लागेको छ। सकभर आफ्नै स्वर भरेर।
“मैले जानेका गित लेखेर गाएर कतै होस भन्ने रहर छ। धोको भएर मात्रै नहुने रहेछ। सबैकुरा पैसा रहेछ। रहरले एउटा गित रेकर्ड गर्ने प्रयास पनि भयो। तर साथिहरुले पैसा डुबाईदिए।”
उनले भने “मैले भने जसरी गितले खोजेको जसरी त भएन तर एउटा गित बनाइयो। साथिभाईले के के गरे गरे। अब बरु म एक्लै गाउन्छु तर सबै मिलाएर एक चोटि गित गाउने धोको छ। तिनओटा भाकाको। तिनओट गित” भुजेलले धेरै चोटि दोहोराए ।
जोवन फुलको रस जस्तो हो। दुर्गा बहादुर भन्छन् “फुलको रस सुकेपछि त्यसको महत्व हुदैन हाम्रो जिवन पनि फुलको रस जस्तो हो। म हुदाँ यहाँ अरुले सोरठी गाउन मान्दैनन्। म पछि कोहि आउला आउन त। अहिले नै सोरठीको खास नाँच हराई सक्यो, ढङ्ग पुर्याउने दमालिहरु पनि छैनन्। नाच्ने रमाईलो गर्ने चलन फेरीयो गित फेरीयो।” उनले सुनाए ।


अनिष पाठक
प्रतिकृया दिनुहोस