न्वागीमा नेपालमै पहिलो सर्वाधिक राशिको खुल्ला वडा स्तरीय पुरुष भलिवल
खर्वाङ । पौंदीबासीमा परम्परादेखि न्वागी खाने चलन छ । बागलुङको साबिक जलजला, ग्वालिचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । मंसिर महिनामा मनाईने न्वागी यस क्षेत्रमा विसं. १७३४ सालदेखि मनाउदै आएको ईतिहास छ ।
धान पाक्ने र काट्ने समय मंसिरमा स्थानिय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ । यसैलाई न्वागी भनिन्छ ।
हेरक वर्ष न्वागी पर्वका अवसरमा पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले बागलुङ बडिगाड गाउँपालिका ५ खारमा मेलाको आयोजना गर्दै आएको छ । समितिले यस वर्ष न्वागी मंसिर ६ गते देखि १२ गते सम्म विविध कार्यक्रमका साथ संचालन गर्ने शनिवार पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ ।
न्वागी मेलाको मुख्य आर्कषणका रुपमा रहने पुरुष भलिवल प्रतियोगिता यस पटक अझ रोचक बन्ने देखिएको छ । समितिले नवखेलाडीहरुलाई ध्यानमा राख्दै नेपालमै पहिलो सर्वाधिक राशिको खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
प्रतियोगिताको विजेताले लागि २ लाख १ हजार १११ कप, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले १ लाख १ हजार १११ कप, मेडल र प्रमाण पत्र र तितृय हुनेले ५१ हजार १११ कप, मेडल र प्रमाण पत्र पुरस्कार पाउने खेल संयोजक काजिमान गौचनले जानकारी दिए ।
वडा स्तरीय भलिवल प्रतियोगितामा यति ठुलो राशिको भलिवल सम्भवत देशकै पहिलो प्रतियोगिता हो । तर न्वागीमा पछिल्लो समय भलिवल नै हेर्ने दर्शकको संख्या ठुलो छ । त्यसैले प्रतियोगिता रोचक बनाउन खेल वडा स्तरीय भएतापनि दुई जना खेलाडि भने बाहिरी जिल्लाका राख्न पाईने छ खेल संयोजक गौचनले भने ।
मेलाकै अबसरमा लोक भजन, सोरठी भैलो, सराय नाच, नौमती बाजामा नृत्य, ३५ वर्ष माथि उमेर समुहको खुल्ला वडा स्तरीय पुरुष भलिवल, संगै विभिन्न अन्य प्रतियोगिता समेत राखिएको समितिका अध्यक्ष कृष्ण बहादुर घिमिरेले पत्रकार भेटघाटमा जानकारी गराए ।
बृहत कृर्षि प्रर्दशनी र ख्याती प्राप्त राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने मेला अबधीभर रमाईलो मेलाको साथमा बाल उधानपनि रहने छ । मेलामा झण्डै १० हजार बढि दर्शकको सहभागिता रहने र करिब ३० लाख खर्च लाग्ने सचिव विष्णु प्रसाद आचार्यले जानकारी दिए ।
पत्रकाट भेटघाटको अबसरमा मुसिकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष आन्नद श्रेष्ठले छत्रभुमि, पौंदेली क्षेत्र तथा आस्थाको धरोहर थानपति विच एक आपसको सम्बन्ध रहेको बताउदै पर्व संरक्षणको लागि अब यसलाई स्थानिय तहले अपनत्व लिनुप्रर्ने बताए ।


अनिष पाठक
प्रतिकृया दिनुहोस