• १६ श्रावण २०८३, शनिबार
  • ०६:४४:३७

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

गलकोटमा करेन्ट लागेर प्रेमकाे ज्यान गयाे

बागलुङ । जिल्लाकाे गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो ।

करेन्ट लागेर सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेम बहादुर कामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामीको शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको छ । कामी विगत ६ वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो । करेन्ट लागेरै प्रेमकाे ज्यान गएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस