• २३ बैशाख २०८१, आइतबार
  • १०:४७:४३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाडमा सकारात्मक सोँच सम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्न

खर्वाङ । बडिगाड गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुलाई सकारात्मक सोँच सम्बन्धी उत्प्रेरणा कक्षा प्रदान गरेको छ । पालिकामा आयोजित १ दिने उत्प्रेरणा कार्यक्रममा सकारात्मक सोँच र व्यवहार बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमको मानव सेवा आश्रमका अध्यक्ष एवम् उत्प्रेरक रामजी अधिकारीले सहभागीहरुलाई विभिन्न विषयमा जानकारी प्रदान गर्दै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय मानिसहरुमा बढिरहेको वैचैनलाई कम गर्दै सकारात्मक सोँचको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले मानव जीवनको महत्व र सकारात्मक साँेच र विचारले व्यवहारमा पर्ने परिवर्तनका विषयमा जानकारी प्रदान गरी जीवनलाई सुखी र सुन्दर बनाउने सोँच सहित तालिम प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा सहित उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल, विषयगत शाखाका प्रमुख लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्तीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै