• २५ बैशाख २०८१, मंगलबार
  • २०:२९:११

Now: नेपाल दर्पण

Next: सन्देश/पिएसए

बडिगाडका जनप्रतिनिधि र कर्मचारीलाई योजना तर्जुमा सम्बन्धी अनुशिक्षण

खार । बडिगाड गाउँपालिकामा योजना तर्जुमा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवम् सुचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटीले स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व, अन्तर सहकारी वित्त व्यवस्थापन ऐन, सुशासन ऐन, भ्रष्टाचार निवारण ऐन, सुचनाको हक सम्बन्धी ऐन, स्थानीय तह संस्थागत क्षमता स्व मुल्यां्कन, स्थानीय तह वितिय सुशासन जोखिम मुल्यांकन र स्थानीय तहको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै राष्ट्रिय गाउँपालिका महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले नीति, योजना र कार्यक्रमका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले कार्यक्रमले गाउँपालिकाको योजना निर्माण सहित स्थानीय सरकारले गर्नुपर्ने काम कारबाहीका विषयमा जानकारी प्रदान गरेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले गाउँपालिकाले गर्नुपर्न काम कारबाहीका विषय सहित स्थानीय सरकार सञ्चालनका महत्वपूणर् आयामहरुबारे अनुशिक्षणबाट प्राप्त ज्ञानलाई आगामी आर्थिक वर्षको नीति कार्यक्रम र योजना निर्माण गर्दा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस