• २३ बैशाख २०८१, आइतबार
  • ०३:५९:२५

Now:

Next: शुभारम्भ धुन

विश्व औलो दिवसकाे अबसरमा त्रिभुवन नमुना माविमा स्वास्थ्य शिक्षा

खर्वाङ । ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ बागलुङमा पनि मनाईएको छ ।

औलो दिवसको अवसरमा आज आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङले त्रिभुवन नमुना माविमा तथा स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेका छन ।

औलोबारे विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म सचेतना फैलाउने उद्देश्यले विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको आधारभुत स्वास्थय सेवा केन्द्र खर्वाङका प्रमुख सुदिप रञ्जन यादवले बताए ।

जिल्लामा औलोका बिरामी शुन्य रहेपनि लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । छिमेकी मुलुक भारत औलोको उच्च जोखिममा रहेको, बागलुङमा भारत प्रवासमा रहने धेरै भएकाले आयातित औलोको जोखिम औंल्याईएको हो ।

चालु आवमा तीन हजार एक सय ८४ जनामा परीक्षण गरिएकोमा कसैमा पनि औलो पुष्टि भएको थिएन् । बागलुङमा २०७६/७७ मा कोरोना महामारीका बेला भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका एक जनामा औलो पुष्टि भएको थियो ।

त्यो बाहेक हालसम्म जिल्ला सुन्य औलोको अवस्थामा रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । औलोबाट बच्न स्वास्थ्य कार्यालय बागलुङले बिभिन्न सचेतनामुलक कार्यक्रम, खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै