• २३ बैशाख २०८१, आइतबार
  • ०२:२४:१५

Now:

Next: शुभारम्भ धुन

बालमैत्री शासनयुक्त वडा घोषणाको प्रथम बार्षिकोत्सव तथा घोषणा दिवस रिघा र पाण्डबखानीमा सम्पन्न

पाण्डबखानी । गलकोट नगरपालिका वडा नं. ११ रिघाको आयोजनामा आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रथम बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले एक बर्षका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

वडा घोषणाका सुचक पुर्ण रुपमा कार्यान्वयनको लागि सामुहिक प्रतिवद्धतामा हस्ताक्षर समेत गरिएको कार्यक्रममा नेकपा ऐमालेका वडा कमिटि अध्यक्ष देवेन्द्र पुन, नेपाली कांग्रेश वडा समिति सभापति ओम बहादुर श्रीस, रिघा स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी श्रीस रत्न लक्ष्मी माविका विद्यालय व्यवस्थापन समिति अधयक्ष धन बहादुर श्रीस लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वडा अध्यक्ष श्रीसको अध्यक्षता, उदय रिघा बुद्ध विहारका संस्थापक जेष्ठ नागरिक शेर बहादुर काउचाको प्रमुख आतिथ्यता र वडा सचिब देव बहादुर विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा वडा सदस्य तथा बालमैत्री सम्पर्क ब्यक्ति यम बहादुर बस्यालले स्वागत मन्तव्य दिनुभएको थियो । 

यसैविच बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव गलकोट नगरपालिका १० पाण्डबखानीमा पनि सम्पन्न भएको छ ।

गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीको आयोजनमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै