• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४३:१०

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा बडिगाड गाँउपालिकालाई ज्ञापन पत्र

खर्वाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाँउसमितिले बडिगाड गाँउपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडका अध्यक्ष ढालमणि भण्डारी, जिल्ला सचिव कृष्ण भट्टराई कासहित पदाधिकारीले बडिगाड गाँउपालिकाका निमित्त प्रशासन अधिकृत चण्डीराज पौडेललाई ज्ञापन पत्र बुझाएका हुन । 

ज्ञापन पत्रमा बाल सहजकर्ता, विद्यालय कर्मचारी, राहात शिक्षक प्राविधिक शिक्षक साविक उच्च मावि शिक्षक, अस्थायी शिक्षक र स्थायि शिक्षकहरुका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न शिक्षा ऐन अविलम्ब ल्याउनुपर्ने, शिक्षक सरुवाका नाममा स्थानिय सरकारले गर्ने ज्यादति तत्काल रोक्नुपर्ने माग छन ।

यस्तै शिक्षक महासंघले नेपाल सरकारसंग बारम्बार गरेका सहमतिहरुको कार्यान्वयन गर्नुपर्ने, दिवा खाजाको रकमलाई बढाउँदै कक्षा १२ सम्म पुयाउनुपर्ने, शिक्षकको ट्रे्ड युनियन हकको सुरक्षा गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । 

संघिय ऐन र नियमावलीसंग बाँझिने गरी स्थानिय ऐन नियमको आधारमा गरिने शिक्षक तथा प्रधानाध्यापक नियुक्ती बन्द गर्नुपर्ने उल्लेख गरिएको ज्ञापन पत्रमा संविधान प्रदत्त मौलिक अधिकार कुण्ठित हुने गरी पंचायती ऐन कानुनको सहारामा शिक्षक कर्मचारीहरुलाई आतंकित गतिविधिहरु रोक्नुपर्ने उल्लेख छ ।

स्थानीय तहबाट सञ्चालन हुने आधारभुत तहको परिक्षा तथा पाठ्यक्रम निर्माण लगायतका शिक्षा सम्बन्धी गतिविधिहरु राष्ट्रिय मापदण्ड अनुसार गरिनुपर्ने र यस्ता शिक्षा सम्बन्धी नीति तथा कार्यक्रमहरु तय गर्दा पेशागत संघ संगठनहरुको अनिवार्य प्रतिनिधीत्व हुनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस