• २ कार्तिक २०८१, शुक्रबार
  • १०:३५:५७

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

निस्ती खोलामा चार दिनअघि बगेका मुसिकोट कार्की अझै अज्ञात

गुल्मी । जिल्लाको निस्ती खोलामा चार दिनअघि बगेका मुसिकोट नगरपालिका– १ का ३१ वर्षीय बोमबहादुर कार्की अझै फेला पर्न सकेका छैनन् । 

गत पाँच साउनमा मुसिकोट नगरपालिका– २ मा रहेको मामाघरको खेतमा पुगेर फर्किँदै गर्दा उनलाई खोलाले बगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । 

मामाघरमा बस्दै आएका कार्की सुस्त मनस्थितिका छन् । मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर तत्कालैदेखि खोजी गरे पनि नभेटिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । 

आइतबार देखि दिनभर सुरक्षाकर्मीहरू र स्थानीयले कार्कीको खोजी गरेका थिए । १२ किलोमिटर लामो खोला क्षेत्रमा टोलीले खोजतलास गरिरहेको पोख्रेलको भनाइ छ ।

प्रतिकृया दिनुहोस