• ६ पौष २०८१, शनिबार
  • २२:०३:०१

Now: खुलदुली डटकम

Next:

बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई खर्वाङमा सम्पन्न

खर्वाङ । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा बागलुङ पोष्ट सञ्चार प्रालिको सहजिकरणमा चालु आर्थिक वर्षका पहिलो चौमासिक बजेट खर्च, योजना तथा अन्य सवालमा कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा सेवाग्राहिहरुले फोहर व्यवस्थापन, सडक, स्वास्थ्य, शिक्षा, बालुवा उत्खनन, प्रभावकारी अनुगमन, खानेपानीको समस्या, कृषि, सेवा प्रवाहका सन्दर्भमा प्रश्नहरु उठाएका छन्। 

उनिहरुले लघुजलविद्युतको तार लत्रेको, समयमै जन्मदर्ता नभएको, फोहर व्यवस्थापन नभएको, नगरले ल्याएको नीति कार्यान्वयनमा समस्या देखिएको, फजुल खर्च बढेको, सुरक्षामा ध्यान नदिएको, स्वयंसेविकाको दुःख नदेखेको, हुलाक कार्यालयको कार्यालय सरेको लगायतको विषयमा जिज्ञासा राखेका थिए ।

प्रश्नहरुको जवाफ दिँदै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले फोहर व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनु भएको छ । गत वर्ष पुसमा भएको सार्वजनिक सुनुवाइमा जग्गा व्यवस्थापन भैसकेको वताउनुभएको अध्यक्ष अधिकारीले फोहर व्यवस्थापनका लागि गरिएका धेरै प्रयासहरुले सार्थकता पाउन नसकेको बताउनु भएको छ ।

अध्यक्ष अधिकारीले भौतिक निर्माणको लागि जग्गा व्यवस्थापन स्थानियले गर्न तयार हुनुपर्ने बताउनु भएको छ । जग्गा व्यवस्थापन भए प्रहरी कार्यालयको लागि उपल्लो निकायमा पहल गर्ने बताउनु भएको छ । उहाँले सामुदायीक बनहरु गाउँपालिकासंग नजोडिएकोमा गुनासो गर्नुभएको छ ।   

कार्यक्रममा जवाफदेहि वक्ताको रुपमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले बडिगाड भित्र पार्किङको समस्या समाधानकोलागि खौलारमा पार्किङ एरिया समेत तयार गरिएको तर व्यवसायीको असहयोगको कारण सार्थकता पाउन नसकेको बताउनु भएको छ ।  

त्यस्तै बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेलले कर्मचारीबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने भन्दै सुसासनमा नचुक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

पौडेलले पहिलो चौमासिकमा ९ प्रतिशत पूजीगत खर्च भएको जानकारी दिनुभयो । ५४३ योजनामध्ये १३० योजना सम्झौता भएर ८ वटा योजना सम्पन्न भइसककेको बताउदै रु २० करोड आम्दानीमा रु १५ करोड खर्च भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा ढालेन्द्र रायमाझि, रमेश बहादुर घिमिरे, मेघनाथ खरेल, सुनिल कार्कि, अनिष पाठक, सुरज कार्कि, कृष्ण कुमारी राना र शेर बहादुर श्रीषले सवाल उठाउनुभएको थियो । 

कार्यक्रममा पत्रकार विजय रानाले टिप्पणी गर्दै जनताले सरकारको अनुभूति गर्नुुपर्ने, सुशासन र पूजिँगत खर्चमा ध्यानदिनुपर्ने बताउनु भएको थियो। कार्यक्रममा पत्रकार संगम घर्तिले नागरिकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

आचारसंहिताका विषयमा पत्रकार खेमराज गौतमले जानकारी गराउनुभएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष तथा सुसासन समितिका संयोजक विष्णु प्रसाद आचार्यको अध्यक्षता तथा पत्रकार डम्बर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै